घूस लिएको अभियोगमा असईविरुद्ध मुद्दा दायर 

खरीबोट

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी झोक्राहा सुनसरीमा कार्यरत प्रहरी सहायक निरीक्षक पदमबहादुर कटुवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

वन मन्त्रालयबाट पक्राउ पुर्जी आएको र त्यसलाई मिलाइदिने भन्दै कटुवालले विभिन्न बहाना बनाई एक सेवाग्राहीसँग रु सात हजार घूस लिएको आयोगले आरोप लगाएको छ ।

आरोपी प्रहरी सहायक निरीक्षक कटुवालविरुद्ध बिगो असुल गर्ने माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । 
 

सम्बन्धित समाचार

प्राधिकरणका इलेक्ट्रिकल हेल्पर घुसहित नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण कलैया वितरण शाखा बारामा कार्यरत इलेक्ट्रिकल हेल्पर (तह–२) राजदेव महतो कोइरीलाई रु नौ हजार घुसहित आज नियन्त्रणमा लिएको छ ।  नयाँ विद्युत्

घुस लिएको आरोपमा धुलिखेल मालपोतका कर्मचारी पक्राउ

बनेपा । सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोत कार्यालय धुलिखेलका एक कर्मचारी पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग रु २० हजार घुस लिएको आरोपमा मालपोत कार्यालय राजश्व शाखामा

साल्ट ट्रेडिङका अञ्चल प्रमुखविरुद्ध मुद्धा दायर 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदाममा रहेको रासायनिक मल हिनामिना गरेको आरोपमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड अञ्चल कार्यालय विराटनगरका प्रमुख नवीनचन्दू झासहित तीन जनाविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर

वडाध्यक्ष घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको जहदा गाउँपालिका १ का वडाध्यक्ष उमेशकुमार साहलाई रु २१ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।  हरिलाल सर्वरियाको घरदेखि बाँधसम्मको ग्राभेल सडक निर्माण


z