• २०८१ बैशाख ८ शनिबार

वी.पी.कोइराला प्रतिष्ठानका उपकुलपति घुससहित पक्राउ 

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपतिलाई घुससहित पक्राउ गरेको छ ।

अख्तियारले वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरी रौनियारलाई ८ लाख घुस रकमसहित पक्राउ गरेको जानकारी दिएको छ ।

अख्तियारका अनुसार प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशन वापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले निजहरु प्रा.डा. राजकुमार रौनियार र डा. रामहरी रौनियारलाई सेवाग्राहीसँग ८ लाख घुसबापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित कार्यालय परिसर स्थित निज उपकुलपतिको निवास, धरानबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै