• २०८१ बैशाख ८ शनिबार

इङल्याण्ड विश्वकपको फाइनलमा

kharibot

काठमाडौँ । इङल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । विहिबार सम्पन्न दोस्रो सेमिफाइनलमा अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै इङल्याण्ड विश्वकपको फाइनलमा पुगेको हो ।

यस विश्वकपको आयोजक समेत रहेको इङल्याण्ड सन् १९९२ को विश्वकप पछि पहिलो पटक फाइनलमा पुगेको हो ।

अस्ट्रेलियाले दिएको २२४ रनको लक्ष्य पछाएको इङल्याण्डले ३२.१ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

इङल्याण्डका लागि जेसन रोयले आक्रामक ८५ रन बनाएका थिए भने जोय रुटले अविजित ४९ रन बनाए । त्यस्तै कप्तान इयोन मोर्गनले अविजित ४५ रन बनाए भने जोनी बैरस्टोवले ३४ रन बनाएका थिए ।

अस्ट्रेलियाका बलर मिचेल स्टार्क र पाट कमिन्सले एक एक विकेट लिए ।     

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियालाई इङल्याण्डले उत्कृष्ट बलिङ गर्दै ४९ ओभरमा अल आउट हुदै २२३ रनमा समेटेको थियो ।

अस्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ८५ रन बनाएका थिए । स्मिथले ११९ बल खेल्दै ८५ रन बनाएर अस्ट्रेलियाको पारी सम्हालेका थिए । केबल १४ रनमा सुरुका तीन खेलाडी गुमाएको अस्ट्रेलियाका लागि स्मिथले एलेक्स केरीसँग मिलेर चौथो विकेटका लागि १०३ रनको साझेदारी गरेका थिए ।

केरी ४६ रन बनाएर आउट भएका थिए । त्यस्तै मिचेल स्टार्कले २९ रन बनाए भने ग्लेन म्याक्सवेलले २२ रन बनाएर आउट भए । त्यस्तै डेविड वार्नर ९, कप्तान एरोन फिन्च ०, पिटर ह्यान्ड्सकब ४, मार्कोस स्टोइनिस ०, पाट कमिन्स ६ रन बनाएर आउट भएका थिए ।

इङल्याण्डका बलर क्रिस वोक्स र एदिल राशिदले सर्वाधिक ३-३ विकेट लिएका थिए । त्यस्तै जोफ्रा आर्चरले २ विकेट लिएका थिए । त्यस्तै मार्क वुडले एक विकेट लिएका थिए ।  
अब इङल्याण्डले आइतबार फाइनलमा न्युजील्याण्डसँग खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै