• २०८१ बैशाख ४ मंगलबार

विश्वकपमा मिचेल स्ट्राकको नयाँ किर्तिमान, तोडे ग्लेन म्याग्राको रेकर्ड

kharibot

काठमाडौँ । विश्वकप क्रिकेटको अब फाइनल खेल मात्र बाँकी रहेको छ । इङल्याण्ड र न्युजील्याण्ड फाइनलमा पुगेसँगै अब यस पटकको विश्वकप अहिलेसम्म विश्वकप नजितेका टिमले जित्ने निश्चित भएको हो ।

विहिबार सम्पन्न अस्ट्रेलिया र इङल्याण्डबीचको दोस्रो सेमिफाइनलमा एक विकेट लिएका अस्ट्रेलियाका तिब्र गतिका बलर मिचेल स्ट्राकले एकै विश्वकपमा धेरै विकेट लिने नयाँ रेकर्ड बनाएका छन् । स्टार्कले इङल्याण्डका जोनी बैरस्टोवको विकेट लिएसँगै एक विश्वकपमा २७ विकेट लिदै यस्तो रेकर्ड बनाएका हुन् ।

यस अघि यो रेकर्ड अस्ट्रेलियाका महान बलर गले म्याग्राको नाममा रहेको थियो । म्याग्राले सन् २००७ को विश्वकपमा २६ विकट लिदै यो रेकर्ड बनाएका थिए । म्याग्राको यो रेकर्ड अस्ट्रेलियाकै बलर स्टार्कले तोडेका छन् ।

यो बाहेक स्ट्राकको नाममा अन्य दुई रेकर्ड समेत कायम छन् । स्ट्राकले विश्वका खेलमा ३ पटक ५-५ विकेट लिने रेकर्ड समेत बनाएका छन् । उनले यस विश्वकपमा दुई पटक ५-५ विकेट लिएका थिए भने सन् २०१५ को विश्वकपमा एक पटक ५ विकेट लिएका थिए ।

त्यस्तै विश्वकपमा ६ पटक ४-४ विकेट लिएको रेकर्ड समेत उनको नाममा रहेको छ । स्टार्कसँगै दक्षिण अफ्रीकाका इमरान ताहिरले समेत विश्वकपमा ६ पटक ४-४ विकट लिएका छन् ।

इङल्याण्डसँग पराजित भएसँगै अस्ट्रेलिया विश्वकपबाट बाहिरिएको छ भने इङल्याण्ड सन् १९९२ पछि पहिलो पटक विश्वकप फाइनलमा पुगेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै