• २०८१ बैशाख ६ बिहीबार

इङल्याण्डका जासन रोयलाई आइसीसीको कारवाही

kharibot

काठमाडौँ । इङल्याण्डका ओपनर ब्याट्सम्यान जासन रोयलाई आइसीसीले कारवाही गरेको छ । अस्ट्रेलियाविरुद्धको सेमिफाइनल खेलमा ६५ बलमा ८५ रन बनाएर आउट भएका आक्रामक ब्याट्सम्यान रोयलाई आइसीसीले खेल फिसको ३० प्रतिशत जरिवाना गरेको छ ।

आइसीसीका अनुसार रोयले आउट भएपछि खेलका एम्पायरसँग बहस गरेको आरोपमा कारवाही गरेको हो । आइसीसीले रोयले आइसीसीको खेलाडी कोड अफ कन्डक्टको आर्टिकल २.८ तोडेको आरोप लगाएको छ । रोयले आफ्नो गल्ति स्वीकार गरेकाले यसमा थप सुनुवाई नहुने आइसीसीले बताएको छ । साथै रोयले २ डीमेरिट अंक समेत पाएका छन् ।

आइसिसको आर्टिकल २.८ अनुसार लेभल १ र २ अनुसार सजाय हुने व्यवस्था रहेको छ । जस अनुसार उनलाई शतप्रतिशत खेल फिस जरिवाना र २ खेलसम्म प्रतिबन्ध लाग्ने सक्ने थियो । तर रोयले ३० प्रतिशत जरिवाना मात्रको सजाय पाएर प्रतिबन्धबाट भने अलिकतिले बचेका छन् ।

यस विश्वकपमा सात खेल खेलेका ओपनर रोयले इङल्याण्डलाई राम्रो सुरुवात दिएका छन् । रोयले ७ खेलका ६ इनिंगमा ४२६ रन बनाएका छन् । जसमा एक शतक र ४ अर्धशतक सामेल छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै