• २०८१ बैशाख ८ शनिबार

साताको सेयर : नेप्से १२ सय ४८ अंकमा, दुई अर्ब ६३ करोडको कारोबार 

kharibot

काठमाडौं । यो साता नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) मा एक सय ७३ कम्पनीहरुको ३४ हजार छ सय ६७ वटा कारोवार भएकाछन् । 

जसअनुसार एक करोड १३ लाख ८७ हजार पाँच सय १६ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम दुई अर्ब ६३ करोड ३३ लाख ३१ हजार एक सय २४ रुपैयाँ पुगेको छ । कारोवार रकम गत साताको तुलनमाको थोरै मात्र बढी हो । 

गत साता भने नेप्सेमा एक सय ७४ कम्पनीहरुको ३४ हजार छ सय ९२ वटा कारोवार भएका थिए । जसअनुसार एक करोड ६१ लाख ६३ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम दुई अर्ब ६६ करोड ९७ लाख १९ हजार एक सय ४२ रुपैयाँ पुगेको थियो । यो साता बजार परिसुचक १२ सय ४८ दसमलव ५३ बिन्दुमा पुगेर रोकिएको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई सय ६८ दसमलव ३२ अंकमा पुगेर रोकिएको छ । यो साता नेप्सेको नियिमत कारोवार कक्ष पाँच दिन नै खुल्ला रहेको थियो । जसमध्ये पहिलो, दोस्रो, चौथो र पाँचौं दिन नेप्से घटेको थियो भने तेस्रो दिन नेप्से बढेको थियो । 

पहिलो दिन बजार परिसुचक चार दसमलव ४५ अंकले घटेर १२ सय ५६ दसमलव चार अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ११ अंकले घटेर दुई सय ७० दसमलव ३५ अंकमा झरेको थियो । दोस्रो दिन बजार परिसुचक आठ दसमलव सात अंकले घटेर १२ सय ४७ दसमलव ३५ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ५६ अंकले घटेर दुई सय ६८ दसमलव ७९ अंकमा झरेको थियो ।

तेस्रो दिन भने बजार परिसुचक दुुई दसमलव ९२ अंकले उकालो लागेर १२ सय ५० दसमलव २७ अंकमा चढेको थियो भने सेन्सिटिभ इन्डेक्स शुन्य दसमलव २७ अंकले बढेर दुई सय ६९ दसमलव छ अंकमा चढेको थियो । साताको चौथो दिन सेयर बजार परिसुचक एक दसमलव १२ अंकले घटेर १२ सय ४९ दसमलव १५ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव २७ अंकले घटेर दुुई सय ६८ दसमलव ३३ अंकमा चढेको थियो ।

साताको पाँचौ दिन पनि सेयर बजार परिसुचक शुन्य दसमलव ६२ अंकले घटेर १२ सय ४८ दसमलव ५३ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव शुन्य एक अंकले घटेर दुई सय ६८ दसमलव ३२ अंकमा झरेको थियो ।

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा शिवम सिमेन्ट, नेपाल बैंक, प्रभु बैंक आदि  परेकाछन । सेयर कारोवार भएको संख्याको आधारमा भने यो साता एनआईसी एशिया बैंक, प्रभु बैंक आदि अगाडि परेकाछन ।

बजार पुंजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्टान्र्डड चार्टड बैक लगायतका कम्पनीहरु अगाडि परेकाछन । 

सेयर सुचीकरण तर्फ भने यो साता इन्फिनीटी लघुबित्त बित्तीय संस्थाको २० लाख ७४ हजार कित्ता साधारण सेयर र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ३५ लाख ७७ हजार एक सय ३२ कित्ता बोनस सेयर एवं गुराँस लाईफ इन्स्योरेन्स कम्पनीको चार लाख ७२ हजार दुई सय कित्ता बोनस सेयर सुचीकृत भएकाछन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै