• २०८१ बैशाख ११ मंगलबार

मुक्तिनाथ विकास बैंक र चिरायु अस्पतालबीच सहकार्य

kharibot

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र चिरायु नेशनल अस्पताल तथा मेडिकल इन्ष्टिच्युट, बसुन्धाराबीच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा चिरायु अस्पतालको तर्फबाट सञ्चालन निर्देशक चण्डेश्वर वैद्य र मुक्तिनाथ विकास बैंकका तर्फबाट बजारीकरण विभाग प्रमुख बसन्त बक्सीले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले चिरायु अस्पताल बसुन्धारामा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ । 

मुक्तिनाथ विकास बैंक लि.ले देशैभरी ११९ वटा शाखा, २५ वटा एटिएम र छ लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, मोबाइल बैंकिंग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।

हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै