काठमाडौँ । काठमाडौँ उपत्यकामा लगातारको वर्षाले सिंहदरबारको पूर्वी गेट अगाडिको पर्खाल भत्किएको छ ।
शुक्रबार बिहान सो पर्खाल भत्किएको हो । पर्खाल ढल्दा एक जना घाइते बनेको महानगरीय प्रहरीले जनाएको छ । घाइतेको अवस्था सामान्य रहेको छ ।
अहिले पर्खाल ढलेपछि थुप्रिएको इँटा, माटो पन्छाउने काम भइहरहेको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।
तीनदिनदेखि निरन्तर रुपमा परेको वर्षाले देशैभरको जनजीवन प्रभावित बनेको छ । कतिपय ठाउँमा बाढी र पहिरोको सम्भावना रहेको भन्दै सर्वसाधरणमा सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।