• २०८१ बैशाख १३ बिहीबार

मलंगवा डुबान भारतसँगको समन्वयमा खुलाइदै : प्रधानमन्त्री ओली 

kharibot

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको समन्वयमा सर्लाहीस्थित मलंगवा भारत सीमामा पानीको बहाव खुलाउन लागेको बताएका छन्।

सीमा क्षेत्रमा पानीको बहाव थुनिएपछि शुक्रबार बिहानैदेखि मलंगवा बजारका केही ठाउँ डुबान परेको थियो।

प्रधानमन्त्री ओलीले ट्वीट गर्दै मलंगवामा पानीको बहाव खुलाइएको बताएका हुन् ।

‘सर्लाहीस्थित भारतसँगको सीमा क्षेत्रमा दुई देशबीच समन्वय गरी बहाव खुलाउने काम भइरहेको छ,’ प्रधानमन्त्री ओलीले भनेका छन्।

उनले बाढी, पहिरो गएका क्षेत्रमा उद्धारका लागि तदारुकताका साथ सुरक्षाकर्मी परिचालन गरिएको तथा पूर्व सूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालय सक्रिय रहेको बताएका छन् । 

सर्लाही प्रहरीका अनुसार मलंगवा नगरपालिका, गोरखकालीमा पानी जम्न जाँदा सो स्थान वरपर डुबानमा परेको थियो ।


 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै