• २०८१ बैशाख ११ मंगलबार

बाढीले बारा कैयौ बस्ति डुबायो : सुरक्षा सतर्कता अपनाउन अपिल

kharibot

बारा । तीन दिनदेखि लागातार परेको अविरल पानीका कारण बारामा रहेको दुधौरा , बालगंगा र बंगरी नदिको पानी बस्तिमा पसेको छ । वर्षाका कारण नदिमा पानीको बहाव बढेसँगै पानी गाँउमा पसेको हो । 

पानीका कारण दुधौरा नदिको किनारमा रहेका लोसन्डा, रमौली, हरपुर, अमाडार बालगंगाको किनारमा रहेको फत्तेपुर, ईनरर्वासिरा, कचनपुर, तुराही र बंगरी नदिको किनारमा रहेको नितनपुर लगाएको गाउँ डुबानमा परेका छन् । 

यस्तै पानीका कारण यस गाउँबाट मुख्य सडक जोड्ने बाटोमा पानीले बगाए पछि आवतजात गर्न र समस्या भएको छ । 

किसानहरुले चैत्र महिनामा लगाएको धान नष्ट भएको हुनुका साथै १० दिन यता पानी परे पछि रोपाई गरेका किसानको सबै खेत समेत नष्ट भएको छ ।

बिहिवार राती देखि परेको मुसलधारे पानी रोकिने सम्भावना नरहेकोले बाढिको जोखिममा रहेका बाराका सबै स्थानमा प्रहरीले सुरक्षा बढाएको जील्ला प्रहरी कार्यालय बाराका प्रहरी नयब उपरिक्षक रंजीतसिहं राठोरले जानकारी दिए । 

यता जिल्ला प्रहरी कार्यालय बाराले सम्बन्धित स्थानिय निकायलाई आ–आफ्नो क्षेत्रमा बाढिको जोखिम पता लगाई सो क्षेत्रका स्थानियलाई सुरक्षीत राख्ने वातावरण मिलाउँने जानकारी गराएको बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जानकारी दिए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै