राशिद खान बने अफगानिस्तानको नयाँ कप्तान

खरीबोट

काठमाडौं । विश्वकपमा खराब प्रदर्शन गरेको अफगानिस्तानले कप्तान गुलबदीन नैबलाई हटाउदै युवा खेलाडी राशिद खानलाई नयाँ कप्तान बनाएको छ ।

अफगानिस्तान क्रिकेट बोर्डले शुक्रबार अफगानिस्तानको सबै फर्म्याटका लागि राशिद खानलाई कप्तान बनाएको जानकारी दिएको छ ।

विश्वकपमा खेलेका सबै खेलमा हार बेहोरेको अफगानिस्तानले विश्वकप अघि आफ्ना नियमित कप्तान अशघर अफगानलाई हटाएर नैबलाई कप्तान बनाएको थियो ।

नैबलाई कप्तान बनाएपछि मोहमद नाबी, राशिद खान जस्ता खेलाडीले बोर्डको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।

अब राशिदले टेष्ट, एकदिवसीय र टी-२० गरी तीनै फर्म्याटमा अफगानिस्तानको नेतृत्व गर्ने छन् । योसँगै अफगानिस्तानले २० वर्षीय युवा लेग स्पिनर कप्तानको रुपमा पाएको हो ।

त्यस्तै बोर्डले पुर्व कप्तान अशघर अफगानलाई उपकप्तान बनाएको उल्लेख गरेको छ ।

राशिदले पनि विश्वकपमा व्यक्तिगत रुपमा आशा गरेअनुसार प्रदर्शन गर्न असफल भएका थिए । राशिदले विश्वकपका ९ खेलमा केबल ६ विकेट लिएका थिए ।     

सम्बन्धित समाचार

राशिद खान बने अफगानिस्तानको नयाँ कप्तान

काठमाडौं । विश्वकपमा खराब प्रदर्शन गरेको अफगानिस्तानले कप्तान गुलबदीन नैबलाई हटाउदै युवा खेलाडी राशिद खानलाई नयाँ कप्तान बनाएको छ । अफगानिस्तान क्रिकेट बोर्डले शुक्रबार अफगानिस्तानको सबै फर्म्याटका लागि राशिद खानलाई कप्तान

कप्तान र बोर्डको लागि होइन देशको लागि खेल्छु – राशिद खान

काठमाडौँ । विश्वकप क्रिकेटमा लगातारको हारपछि अफगानिस्तानको टिम अहिले विवाद र संकटमा देखिएको छ । विश्व क्रिकेटमा छोटो समयमा चर्चाको शिखरमा पुगेको अफगानिस्तानका क्रिकेटरहरु पनि विवादमा परेका छन् । शनिबार भारतविरुद्ध

राशिद खानको नाममा बन्यो लाजमर्दो रेकर्ड

काठमाडौँ । अफगानिस्तानका स्टार स्पिनर राशिद खानका लागि मंगलबार इङल्याण्डविरुद्धको विश्वकपको खेल विर्सन लायक बन्यो । इङल्याण्डका ब्याट्सम्यानले विश्वकै अहिलेका उत्कृष्ट स्पिनर भनिएका राशिदको धुलाई यसरी गरेकी विश्व क्रिकेटको रेकर्ड नै

इयोन मोर्गनले बिगारे गेलदेखि राशिद खानका रेकर्ड

काठमाडौँ । विश्वकप क्रिकेटमा इङल्याण्डका कप्तान इयोन मोर्गनले अफगानिस्तानविरुद्ध ७१ बलमा १४८ रनको विस्फोटक पारी खेलेर विश्व क्रिकेटमा कैयौ रेकर्ड तोडेका छन् । मोर्गनको यस पारीले विश्व क्रिकेटका युनिभर्सल बोस क्रिस


z