• २०८१ बैशाख १४ शुक्रबार

राशिद खान बने अफगानिस्तानको नयाँ कप्तान

kharibot

काठमाडौं । विश्वकपमा खराब प्रदर्शन गरेको अफगानिस्तानले कप्तान गुलबदीन नैबलाई हटाउदै युवा खेलाडी राशिद खानलाई नयाँ कप्तान बनाएको छ ।

अफगानिस्तान क्रिकेट बोर्डले शुक्रबार अफगानिस्तानको सबै फर्म्याटका लागि राशिद खानलाई कप्तान बनाएको जानकारी दिएको छ ।

विश्वकपमा खेलेका सबै खेलमा हार बेहोरेको अफगानिस्तानले विश्वकप अघि आफ्ना नियमित कप्तान अशघर अफगानलाई हटाएर नैबलाई कप्तान बनाएको थियो ।

नैबलाई कप्तान बनाएपछि मोहमद नाबी, राशिद खान जस्ता खेलाडीले बोर्डको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।

अब राशिदले टेष्ट, एकदिवसीय र टी-२० गरी तीनै फर्म्याटमा अफगानिस्तानको नेतृत्व गर्ने छन् । योसँगै अफगानिस्तानले २० वर्षीय युवा लेग स्पिनर कप्तानको रुपमा पाएको हो ।

त्यस्तै बोर्डले पुर्व कप्तान अशघर अफगानलाई उपकप्तान बनाएको उल्लेख गरेको छ ।

राशिदले पनि विश्वकपमा व्यक्तिगत रुपमा आशा गरेअनुसार प्रदर्शन गर्न असफल भएका थिए । राशिदले विश्वकपका ९ खेलमा केबल ६ विकेट लिएका थिए ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै