खोटाङमा पहिरोले घर बगाउँदा बेपत्ता रहेका तीनको शव फेला

खरीबोट

खोटाङ । खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा पहिराले घर बगाउँदा बेपत्ता रहेका तीन जनाको शव फेला परेको छ ।

घरमाथिबाट आएको पहिराले घर बगाउँदा आज बिहान बेपत्ता रहेका २९ वर्षीया रेखा राई र उहाँका छोरा चार वर्षीय रमन र सात महीनाका रोजनको शव फेला परेको हो । 

पहिराले मृतकका श्रीमान् ३१ वर्षीय विष्णु राई गम्भीर घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका लागि खोटाङ बजार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए । 

मृतकको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी पठाइएको प्रहरीले जनाएको छ । बिहान करीब ५ बजेतिर पहिराले घरमा सुतिरहेका चारैजनालाई बगाएको थियो । पहिरो आउनासाथ स्थानीयवासीले विष्णुलाई उद्धार गरेको प्रहरीले जनाएको छ । बेपत्ता बनेका दुई छोरा र आमालाई इलाका प्रहरी कार्यालय खोटाङ बजारबाट उद्धारमा खटिएका प्रहरी टोली र स्थानीयवासीले अपराह्नपछि मृत फेला पारेका हुन् । 

घटनास्थल जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने वाप्लुखाको गोपिनीस्थित एकान्त ठाउँमा पर्दछ । घटनास्थल वरपर टेलिफोन तथा मोबाइल सेवासमेत उपलब्ध नहुँदा बेपत्ता बनेकाको उद्धारमा ढिलाइ भएको जनाइएको छ । घरदेखि करीब ४०० मिटरमाथिबाट पहिरो खसेर राई परिवारलाई घरसहित बगाएको जनाइएको छ । 

जिल्लाका अन्य ठाउँमा भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लगातारको वर्षासँगै चलेको हावाहुरीले गएरातिदेखि विद्युत्समेत अवरुद्ध बनेको छ । विद्युत् सेवासमेत अवरुद्ध भएपछि जिल्ला अहिले अस्तव्यस्त बनेको छ । अवरुद्ध विद्युत् कहिले सञ्चालन हुने भन्नेमा टुङ्गो छैन ।
 

सम्बन्धित समाचार

बाढी, पहिरो र डुबानबाट ९० हजार घरपरिवार प्रभावित : रेडक्रस

काठमाडौं / मनसुन शुरु भएपछि बाढी, पहिरो तथा डुबानबाट देशका विभिन्न जिल्लाका ९० हजार परिवारका करीब चार लाख ५२ हजार मानिस प्रभावित भएको मानवीय संस्था नेपाल रेडक्रस सोसाइटीले प्रारम्भिक अनुमान

बाढी, पहिरोबाट चार लाख ५२ हजार मानिस प्रभावित भएको रेडक्रसको अनुमान

काठमाडौँ । नेपाल रेडक्रसले मनसुन सुरु भएपछि ९० हजार परिवारका करिव चार लाख ५२ हजार मानिसहरु बाढी, पहिरो र डुवानबाट प्रभावित भएका र ४० हजार घरहरुमा क्षती पुगेको अनुमान गरिएको

बाढी-पहिरोबाट अहिलेसम्म ९० जनाको मृत्यु, अझै २९ जना बेपता (अपडेट)

काठमाडौँ । यही असार २६ गतेदेखि देशका विभिन्न स्थानहरुमा भएको अविरल वर्षा र त्यसबाट सिर्जित विपद्का कारण मुलुकभर हालसम्म ९० जनाको मृत्यु भएको छ । राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्रको विहिबार

पहिरोले मेची राजमार्ग अवरुद्ध

फिदिम  / मेची राजमार्गअन्तर्गत राँके–फिदिम सडकखण्डमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको छ । फाल्गुनन्द गाउँपालिका–३ को पाँगे्रभिरमा बुधबार राति वर्षासँगै पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय पाँचथरका प्रमुख


z