यतिको विमान साढे ७ घन्टापछि घाँसे मैदानबाट झिकियो, केहीबेरमा विमानस्थल सुचारु हुने

खरीबोट

काठमाडौँ ।  यति एयरलाइन्सको विमान साढे ७ घन्टापछि घाँसे मैदानबाट धावनमार्गमा ल्याइएको छ ।

शुक्रबार बिहान ११ बजेर ५ मिनेटमा अवतरण गरिसकेपछि १२ सय ८० मिटर गुडेर रनवेबाट १५ मिटर बाहिर घाँसे मैदानमा पुगेको थियो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले शुक्रबार साँझ साढे ७ बजेपछि विमानस्थल सुचारु हुने बताए ।

यो विमान झिक्न विमानस्थलसहित नेपाली सेना, प्रहरी, बुद्ध एयर, नेपाल वायुसेवा निगम र यतिकै इन्जिनियरिङ लगायतका प्राविधिकहरु लागिरहेका छन् । घाँसेमैदानबाट तान्दै गर्दा दुइपटक डोरी चुडिएको थियो ।

विमान धावन मार्गको दक्षिणतर्फ करीब १० मिटर ‘रन वे स्ट्रिप’ को घाँसे मैदानमा धस्सिएको थियो । उडान नम्बर एनवाइटी–४२२ (नाइन एन एएमएम) विमानमा सवार चालक दलका सदस्यसहित ६६ यात्रु सकुशल रहेका थिए । 
 

सम्बन्धित समाचार

दिपायल विमानस्थलको कालोपत्रेको काम शुरु

डोटी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलमा कालोपत्रको काम शुरु भएको छ । लामो समयदेखि रोकिएको कालोपत्रको काम अहिले आएर धमाधम रुपमा सञ्चालन भइरहेको छ । गएको वर्षको

गौतमबुद्ध विमानस्थल निर्माणको तेस्रो पटक समयावधि थप

काठमाडौँ । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समयावधि थपिएको छ ।  विमानस्थल निर्माणको केही बाँकी काम सम्पन्न गर्नका लागि आगामी डिसेम्बर २०१९ अर्थात् पुस १६ गतेसम्म निर्माण अवधि थपिएको नियामक निकाय

जलमग्न जनकपुर विमानस्थल !

बुधबारदेखि भएको वर्षाका कारण जलमग्न भएको जनकपुर एयरपोर्टको धावनमार्ग । तस्बीर : अजयकुमार साह

विमानस्थलमै औषधि थन्कियो, डोल्पामा बिरामीको बिजोग

डोल्पा । कर्णाली प्रदेशको दुर्गम डोल्पामा लैजाने लाखौँ मूल्यको औषधि करीब सातादेखि नेपालगञ्ज विमानस्थलमा थन्किएको छ । नेपालगञ्जबाट जुफालका लागि हवाई उडान अवरुद्ध भएका कारण उक्त औषधि नेपालगञ्जमै थन्किएको हो


z