• २०८१ बैशाख ७ शुक्रबार

यतिको विमान साढे ७ घन्टापछि घाँसे मैदानबाट झिकियो, केहीबेरमा विमानस्थल सुचारु हुने

kharibot

काठमाडौँ ।  यति एयरलाइन्सको विमान साढे ७ घन्टापछि घाँसे मैदानबाट धावनमार्गमा ल्याइएको छ ।

शुक्रबार बिहान ११ बजेर ५ मिनेटमा अवतरण गरिसकेपछि १२ सय ८० मिटर गुडेर रनवेबाट १५ मिटर बाहिर घाँसे मैदानमा पुगेको थियो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले शुक्रबार साँझ साढे ७ बजेपछि विमानस्थल सुचारु हुने बताए ।

यो विमान झिक्न विमानस्थलसहित नेपाली सेना, प्रहरी, बुद्ध एयर, नेपाल वायुसेवा निगम र यतिकै इन्जिनियरिङ लगायतका प्राविधिकहरु लागिरहेका छन् । घाँसेमैदानबाट तान्दै गर्दा दुइपटक डोरी चुडिएको थियो ।

विमान धावन मार्गको दक्षिणतर्फ करीब १० मिटर ‘रन वे स्ट्रिप’ को घाँसे मैदानमा धस्सिएको थियो । उडान नम्बर एनवाइटी–४२२ (नाइन एन एएमएम) विमानमा सवार चालक दलका सदस्यसहित ६६ यात्रु सकुशल रहेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै