• २०८१ बैशाख ७ शुक्रबार

बार्सिलोनाबाट खेल्ने ग्रीजम्यानको सपना पुरा

kharibot

काठमाडौँ । बार्सिलोनाले लामो प्रयासपछि फ्रेन्च फुटबलर एन्टोनी ग्रीजम्यानलाई सेन गरेको छ । बार्सिलोनाले ग्रीजम्यानलाई १२० मिलियन युरोमा साइन गरेको छ ।

बार्सिलोनाले एथलेटिकोलाई ग्रीजम्यानलाई भित्र्याउन एथलेटिकोको शर्त अनुसार पुरै रकम तिरेर साइन गरेको हो । यो सँगै बार्सिलोनाबाट खेल्ने ग्रीजम्यानको सपना पुरा भएको छ ।    

यस अघि जुलाई ४ मा रिलिज क्लज १८० मिलियन पाउण्डबाट १०८ मिलियन पाउण्ड भएपछि बार्सिलोनाले एथलेटिकोसँग ग्रीजम्यानका बारेमा औपचारिक प्रस्ताव अगाडी सारेको थियो । तर एथलेटिकोले बार्सिलोनाको प्रस्तावलाई अस्विकार नगरेपनि उसले बार्सिलोनालाई सबै रकम क्यासमा नतिरेमा आफुलाई मान्य नहुने बताउदै आएको थियो ।

एथलेटिकोले यसअघि नै क्लब छोड्ने घोषणा गरेका ग्रीजम्यानको विषयमा सिजनको बीचमा नै बार्सिलोनाले उनीसँग ट्रान्सफरको कुरा गरेर नियम तोडेको आरोप लगाउदै आएको थियो ।

ग्रीजम्यान बार्सिलोना आएपछि अब लियोनेल मेसी  र ग्रीजम्यानको नयाँ उत्कृष्ट जोडी बन्ने  अपेक्षा गरिएको छ ।

सन् २०१४-१५ सिजनमा रियल सोसियडाडबाट एथलेटिको आएका ग्रीजम्यानले ५ सिजनमा कुल २५७ खेल खेल्दै १३३ गोल गरेका छन् । उनले एथलेटिकोका लागि एक युरोपा लिग, एक युइएफए सुपर कोपा र एक स्पेनिस सुपर कोपा जिताएका छन् ।           
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै