भारत सरकारसँग दुई रेल खरिद प्रक्रिया अघि बढ्यो

खरीबोट

काठमाडौँ । सरकारले भारत सरकारसँग दुई वटा रेल सेट खरिद प्रक्रिया अघि बढाएको छ । रेल सेट खरिदसँगै आगामी दशैंसम्ममा सो रेल सञ्चालन गर्ने सरकारले तयारी गरेको छ ।

निर्माणाधीन जयनगर–कुर्था रेलमार्ग सञ्चालनका लागि सो सेट खरिद गर्न लागिएको भौतिक योजना तथा यातायात मन्त्रालयले जनाएको छ । दुवै देशका सरकारीस्तरबाट रेल खरिद प्रक्रिया शुरुआत गर्न लागिएको मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले बताए । उनका अनुसार रेल खरिदका लागि नेपाल सरकारले रकम पठाइसकेको छ । उनले भने, “केही समयभित्रै रेल आइपुग्नेछ ।”

सो रेल सेट भारतको सरकारी कम्पनी कोनकान कम्पनीमार्फत खरिद गर्न लागिएको रेल विभागले जनाएको छ । डिजेल इलेक्ट्री मल्टिपल युनिट प्रविधिको सो सेटमा एउटामा पाँच वटा डिब्बा रहने विभागका प्रवक्ता अमन चित्रकारले बताए । उनका अनुसार सरकारले अहिले दुई वटा सेट खरिद गर्दा त्यसमा जम्मा १० डिब्बा रहन्छन् । यसको क्षमता एक हजार दुई सयसम्म यात्रु बोक्ने रहेको उनले बताए । उनले भने, “हामीले भनेको क्षमताभन्दा एक दुई सयसम्म तलमाथि हुनसक्छ ।”

भारतको जयनगरबाट धनुषाको जयनगरसम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका अरु भौतिक पूर्वाधार निमाण भइसकेको प्रवक्ता चित्रकारले बताए । यो रेलमार्ग भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको छ । रेल लाइन तथा रेल्वे स्टेशन तयार भइसकेको उनले बताए । यसमा कुर्थाबाट बिजलपुरा खण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर आगामी फागुनसम्म सम्पन्न हुने र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुने मन्त्रालयले जनाएको छ ।

जनकपुर–कुर्था रेलमार्ग निर्माणका लागि भारत सरकासँग सन् २०१० मा सम्झौता भएको थियो । त्यसको एक-डेढ वर्ष पछिबाट काम शुरु भएको चित्रकारले बताए । भारत सरकारको सहयोगमा सीमा क्षेत्रमा पाँच स्थानमा रेलमार्ग निर्माण हुन लागेको चित्रकारले जानकारी दिए ।

रेलमार्गतर्फ नै विराटनगरबाट बथनाहासम्म १८ किलोमिटर रेलमार्गमा १० किलोमिटरको काम सम्पन्न भएको मन्त्रालयले जनाएको छ । १० किलोमिटर रेलमार्ग सञ्चालनका लागि तयार भइसकेको छ । त्यस्तै, रक्सौल–काठमाडौँ रेलमार्गको पनि अध्ययनको काम अघि बढेको छ । एक सय ३५ किलोमिटरको पूर्व सम्भाव्यता अध्ययन सकिएको छ ।

७२ किमीको काठमाडौँ–रसुवागढी रेलमार्गको पनि पूर्वसम्भाव्यता अध्ययन सकिएको छ । चार सय २१ किलोमिटर लम्बाइको बुटवल–गड्डाचौकी रेलमार्गको विस्तृत अध्ययन प्रतिवेदन(डीपीआर) सम्पन्न भइसकेको प्रवक्ता ज्ञवलीले जानकारी दिए । उनले भने, “थप अध्ययनको कामलाई आगामी आवमा निरन्तरता दिइनेछ ।”
 

सम्बन्धित समाचार

शिक्षामन्त्री पोखरेलसँग कतार र मलेसियाका समकक्षीको भेटवार्ता

काठमाडौँ । शिक्षामन्त्री गिरिराजमणि पोखरेल कतारमा जारी ‘वल्ड इनोभेशन समिट फर एजुकेशन’ मा सहभागी कतार र मलेसियाका शिक्षामन्त्रीसँग भेटावार्ता गरेका छन्। कार्यक्रमका क्रममा शिक्षामन्त्री पोखरेल र मलेसियाका शिक्षामन्त्री डा.मस्वेली बिन मालिकसँगको

अस्ट्रेलियाविरुद्धको टेस्टमा पाकिस्तान २४० रनमा अल आउट

काठमाडौँ । पाकिस्तानले अस्ट्रेलियाविरुद्ध टेस्टको पहिलो दिन २४० रन बनाएको छ । टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तानले २४० रन बनाउदै अल आउट हुदा पहिलो दिनको खेल सकिएको छ । पाकिस्तानका लागि

कुर्था–जयनगर रेल सञ्चालनका लागि पुससम्ममा सेट आइपुग्ने

काठमाडौँ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको सञ्चालनका लागि खरीद गरिएको रेल सेट आगामी पुससम्ममा आइपुग्ने भएको छ। भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरीद गर्न लागिएको हो।  रेल सेट निर्माणसँगै रेलमार्ग

उपप्रधानमन्त्री पोखरेल युएई प्रस्थान

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल युनाइटेड अरब इमिरेटस्का प्रधानमन्त्री तथा रक्षामन्त्री मोहम्मद बिन रसिदको औपचारिक निमन्त्रणामा आज त्यसतर्फ प्रस्थान गरेका छन्। दुबईमा उनले द्विपक्षीय उच्चस्तरीय छलफल तथा भेटघाट गर्नुका


z