• २०८१ बैशाख ७ शुक्रबार

भारत सरकारसँग दुई रेल खरिद प्रक्रिया अघि बढ्यो

kharibot

काठमाडौँ । सरकारले भारत सरकारसँग दुई वटा रेल सेट खरिद प्रक्रिया अघि बढाएको छ । रेल सेट खरिदसँगै आगामी दशैंसम्ममा सो रेल सञ्चालन गर्ने सरकारले तयारी गरेको छ ।

निर्माणाधीन जयनगर–कुर्था रेलमार्ग सञ्चालनका लागि सो सेट खरिद गर्न लागिएको भौतिक योजना तथा यातायात मन्त्रालयले जनाएको छ । दुवै देशका सरकारीस्तरबाट रेल खरिद प्रक्रिया शुरुआत गर्न लागिएको मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले बताए । उनका अनुसार रेल खरिदका लागि नेपाल सरकारले रकम पठाइसकेको छ । उनले भने, “केही समयभित्रै रेल आइपुग्नेछ ।”

सो रेल सेट भारतको सरकारी कम्पनी कोनकान कम्पनीमार्फत खरिद गर्न लागिएको रेल विभागले जनाएको छ । डिजेल इलेक्ट्री मल्टिपल युनिट प्रविधिको सो सेटमा एउटामा पाँच वटा डिब्बा रहने विभागका प्रवक्ता अमन चित्रकारले बताए । उनका अनुसार सरकारले अहिले दुई वटा सेट खरिद गर्दा त्यसमा जम्मा १० डिब्बा रहन्छन् । यसको क्षमता एक हजार दुई सयसम्म यात्रु बोक्ने रहेको उनले बताए । उनले भने, “हामीले भनेको क्षमताभन्दा एक दुई सयसम्म तलमाथि हुनसक्छ ।”

भारतको जयनगरबाट धनुषाको जयनगरसम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका अरु भौतिक पूर्वाधार निमाण भइसकेको प्रवक्ता चित्रकारले बताए । यो रेलमार्ग भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको छ । रेल लाइन तथा रेल्वे स्टेशन तयार भइसकेको उनले बताए । यसमा कुर्थाबाट बिजलपुरा खण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर आगामी फागुनसम्म सम्पन्न हुने र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुने मन्त्रालयले जनाएको छ ।

जनकपुर–कुर्था रेलमार्ग निर्माणका लागि भारत सरकासँग सन् २०१० मा सम्झौता भएको थियो । त्यसको एक-डेढ वर्ष पछिबाट काम शुरु भएको चित्रकारले बताए । भारत सरकारको सहयोगमा सीमा क्षेत्रमा पाँच स्थानमा रेलमार्ग निर्माण हुन लागेको चित्रकारले जानकारी दिए ।

रेलमार्गतर्फ नै विराटनगरबाट बथनाहासम्म १८ किलोमिटर रेलमार्गमा १० किलोमिटरको काम सम्पन्न भएको मन्त्रालयले जनाएको छ । १० किलोमिटर रेलमार्ग सञ्चालनका लागि तयार भइसकेको छ । त्यस्तै, रक्सौल–काठमाडौँ रेलमार्गको पनि अध्ययनको काम अघि बढेको छ । एक सय ३५ किलोमिटरको पूर्व सम्भाव्यता अध्ययन सकिएको छ ।

७२ किमीको काठमाडौँ–रसुवागढी रेलमार्गको पनि पूर्वसम्भाव्यता अध्ययन सकिएको छ । चार सय २१ किलोमिटर लम्बाइको बुटवल–गड्डाचौकी रेलमार्गको विस्तृत अध्ययन प्रतिवेदन(डीपीआर) सम्पन्न भइसकेको प्रवक्ता ज्ञवलीले जानकारी दिए । उनले भने, “थप अध्ययनको कामलाई आगामी आवमा निरन्तरता दिइनेछ ।”
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै