• २०८१ बैशाख १३ बिहीबार

यी हुन् युनेस्कोले तोकेका विश्वका नयाँ धरोहर 

kharibot

काठमाडौँ । संयुक्त राष्ट्र संघको सांस्कृतिक संस्था युनेस्कोले हरेक वर्ष आफ्नो विश्वका नयाँ स्थानलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरी संरक्षणको प्रयास गर्दै आएको छ । यो वर्ष युनेस्कोले यी स्थानलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ । 

भारतको जयपुर सहर 

यो वर्ष भारतको गुलाबी सहरको नामले परिचित राजस्थानको जयपुरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ । जयपुरको हरेक भवनको निर्माण सन् १७२७ मा यसको स्थापनाको बेला गरिएको हो जुन अहिले पनि निकै सुन्दर देखिन्छ । राजस्थानमा यो पर्यटकहरुको प्रमुख आकर्षणको केन्द्र रहेको छ । 

आइसल्यान्डको वातनायोकुल राष्ट्रिय पार्क 

यो आइसल्यान्डको ज्वालामुखीय क्षेत्रको १४ प्रतिशत भागमा फैलिएको छ । यो पार्कमा धेरै बरफ जमेको छ । साथै, यहाँ सुन्दर प्राकृतिक जीव, लाभाको क्षेत्र तथा अनौठा जीवजन्तु पाइन्छन् । 

फ्रेन्च अस्ट्रल ल्यान्ड्स एन्ड सीज

 

यो स्थान दक्षिणी समुद्रको बीचमा छ । सानासाना यी टापुलाई युनेस्कोले नयाँ विश्व सम्पदाको रुपमा सूचीकृत गरेको छ । यहाँ विश्वमै सबैभन्दा बढी संख्यामा पक्षी र जलजीव पाइन्छन् जसमा किङ पेन्ग्विन पनि संलग्न छ । 

प्राचीन जापानको माउन्डेड टम्ब्स 

जापानको ओसाका प्रान्तमा ४९ ओटा टम्ब्स (शव गाडिएको स्थल) छन् । यी सबैको निर्माण तेस्रोदेखि छैटौं शताब्दीमा गरिएको हो । यहाँ विभिन्न आकारका थुम्का पनि छन् जसको नाम सम्राट् निनटोकुको नाममा राखिएको छ । यी टम्ब्स जापानकै ठूला छन् ।

इराकको बेबिलोन 

धेरै वर्षको प्रयासपछि प्राचीन शहर बेबिलोनलाई युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ । इराकमा हुने गरेको विभिन्न द्वन्द्व तथा उतारचढावका कारण यस क्षेत्रमा धेरै नोक्सान पुगेको थियो । तर, हाल यसको मर्मत सम्भार गरिएको छ । 

बगान, म्यानमार 

म्यानमारको यो प्राचीन राजधानी पर्यटकको लागि आकर्षणको केन्द्रविन्दु हो । यहाँ बुद्धका हजारौं मन्दिर छन् । केही टाढाबाट हेर्दा हजारौं मन्दिरले युक्त यो क्षेत्र निकै सुन्दर देखिन्छ । 

प्लेन अफ जार, लाओस 

ठूलाठूला ढुंगाका भाँडा रहेको यो क्षेत्र लाओसको केन्द्रमा छ । यहाँका हजारौं रहस्यमय ढुंगाले बनेका भाँडा लौहयुगको रहेको पुरातत्त्वविद्हरुको मान्यता छ । यी भाँडाको प्रयोग अन्तिम संस्कारको बेला गरिएको हुन सक्ने उनीहरुको अनुमान छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै