हनुमन्ते खोलामा बगेका युवाको उद्दार

खरीबोट

फाइल तस्बीर

भक्तपुर । लगातारको वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले बगाएका एक युवाको प्रहरीले उद्धार गरेको छ । सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित हनुमन्ते खोला किनारमा हिँडिरहेको अवस्थामा काभ्रे कोशीपारी घर भई हाल बालकोट बस्ने ३२ वर्षीय सन्तोष पहरीलाई उर्लिएर आएको बाढीले बगाएको थियो । 

खोलाले बगाए लगत्तै महानगरीय प्रहरी प्रभाग भक्तपुरको प्रहरी टोली र स्थानीयको सहयोगमा उद्दार गरी नागरिक अस्पताल गठ्ठाघरमा उपचार भइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता रेवतीरमण पोखरेलले जानकारी दिए । घाइतेको अवस्था गम्भीर रहेको उनले बताए । 

खोलामा आएको बाढीका कारण भक्तपुर र मध्यपुरथिमिका बासिन्दाको जनजीवन कष्टकर बनेको छ । हनुमन्ते खोलाको किनारामा रहेका बस्तीका बासिन्दा बस्ती छाडेर सुरक्षित स्थानमा जान थालेका छन् । खोलाको बहाब बढेर बस्तीमा पानी पस्न थालेपछि जगाती, हनुमानघाट, चुपिनघाट, सल्लाघारी, राधेराधे, बालकोट, सागबारी लगायतका क्षेत्रमा टहरामा बस्दै आएका बासिन्दा सुरक्षित स्थानतर्फ गएका प्रहरीले जनाएको छ । 

खोला किनाराका सयौँ घरमा बाढी पसेपछि यहाँका बासिन्दाले बस्ती छाडेका हुन् । बालकोटको नयाँ बेलिब्रिज र मध्यपुरथिमि दधिकोट जोड्ने हनुमन्ते पुल भाँसिएर भत्कने अवस्थामा पुगेको छ । जिल्ला प्रशासन कार्यालयले बाढीबाट सर्तक रहन र सुरक्षित स्थानमा जान खोला किनाराका बासिन्दालाई आग्रह गरेको छ भने उद्धार सामग्रीसहित सुरक्षाकर्मीलाई उच्च सर्तकतामा राखिएको प्रजिअ नारायण भट्टले जानकारी दिए ।
 

सम्बन्धित समाचार

हनुमन्ते करिडोर निर्माण रोकिँदा बस्तीमा बाढी

भक्तपुर । सूर्यविनायक नगरपालिका–३ बालकोट हनुमन्ते खोला नजिकै बस्ने सुमित्रा केसीको परिवार रातभर सुत्न सकेन । एक तलाको घर डुबाउँला भन्ने त्रासमा निदाउन नसक्दा यो परिवारको छ जनाको रात जागा

हनुमन्ते खोलामा बगेका युवाको उद्दार

भक्तपुर । लगातारको वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले बगाएका एक युवाको प्रहरीले उद्धार गरेको छ । सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित हनुमन्ते खोला किनारमा हिँडिरहेको अवस्थामा काभ्रे कोशीपारी घर भई हाल

उर्लियो हनुमन्ते, डुबान सुरु, प्रशासनद्धारा उच्च सर्तकता

भक्तपुर । अविरल वर्षाका कारण उर्लिएको हनुमन्तेको बाढी बस्तीमा पस्न थालेपछि भक्तपुरमा डुबान शुरु भएको छ । हिजोदेखि नै परेको अविरल वर्षाका कारण हनुमन्ते नदीमा आएको बाढी खोलाभन्दा माथि आएपछि

वर्षा लागेसँगै दिनरात त्रासमा मध्यपुर र बालकोटका बासिन्दा

भक्तपुर / वर्षायाम शुरु भएसँगै मध्यपुरथिमि, सूर्यविनायक र भक्तपुरका बासिन्दा दिनरात त्रासमा बसेका छन् । वर्षामा हनुमन्ते नदीमा आएको बाढी गत वर्षजस्तै बस्तीमा पसेर वितण्डा मच्चाउला भन्ने डर र त्रासमा


z