काठमाडौं । काठमाडौँको कलंकीस्थित बल्खु खोलाले कलंकीको मालपोत आसपासको क्षेत्रमा पस्दा बस्ती डुबानमा परेको छ ।
बाढीले मालपोत कार्यालय, खसी बजार तथा बल्खु आसपासका बस्ती डुबाएपछि जनजीवन अस्त्वय्स्त बनेको छ ।
खोलामा ठुलो बाढी आएपछि पाँच सय मिटर असपासका क्षेत्र डुबानमा परेका छन् ।
बाढीले त्यस क्षेत्रका घरको भूइँ तला डुबाएको र भुइँ तल्लाका सामानहरु बगाएर लागेको दृश्य देखिएका छन् ।
प्रहरीका अनुसार बाढीले मालपोत कार्यालय, महानगरीय प्रहरी प्रभाग कलंकी र ट्राफिक प्रहरीको भवनसमेत डुबाएको छ ।