• २०८१ बैशाख ६ बिहीबार

सौगात र बेनिशाको नयाँ फिल्म ‘झ्यानाकुटी’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

kharibot

काठमाडौँ । आगामी मंसिर एक गतेबाट प्रदर्शनमा आउन लागेको नायक सौगात मल्ल र नायिका बेनिशा हमाल अभिनित फिल्म ‘झ्यानाकुटी’को ट्रेलर सार्वजनिक भएको छ । 

मंगलवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । 

नायिका निशा अधिकारीले पहिलो पटक निर्माण गरेको यो फिल्मलाई सिमोस सुनवारले निर्देशन गरेका छन् । ट्रेलर रिलिज कार्यक्रममा बोल्दै नायिका तथा निर्मात्री निशा अधिकारीले सबैको सहयोगबाट ‘झ्यानाकुटी’लाई राम्रो फिल्म बनाउन सफल भएको बताइन् । फिल्ममा निशाले भने अभिनय गरेकी छैनन् । 

ट्रेलर रिलिज कार्यक्रममा सौगात र बेनिशासहित सम्पूर्ण कलाकार फिल्ममा लगाएको पहिरनमा उपस्थित भएका थिए । फिल्मको फस्ट लुक पोष्टरमा नायिका बेनिशाले सौगात मल्ललाई काँधमा बोकेकी थिइन् । 

‘झ्यानाकुटी’मा सौगात र बेनिशाका अलावा पुष्कर गुरुङ, सुमि मोक्तान, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय छ । फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । 


सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै