• २०८१ बैशाख ६ बिहीबार

बाढी पहिरो प्रभावितको उद्धारमा खटिन काँग्रेसको कार्यकर्तालाई निर्देशन

kharibot

काठमाडौं नेपाली काँग्रेसले अविरल वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबान प्रभावितहरुको  उद्धारमा खटिन पार्टीपंक्तिलाई निर्देनशन दिएको छ । 

काँग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यमसमिति बैठकले मुलुकभरमा बर्षाले आम जनजीवन अस्तव्यस्त भएको तथा कैयौं नागरिकको जीउधन र भौतिक पूर्वाधार समेत जोखिममा परेको गम्भीर परिस्थितिलाई ध्यानमा राखी आवश्यक उद्धारका कार्यमा सक्रियतापूर्वक लाग्न पार्टीपंक्तिलाई परिचालित हुन निर्देशन जारी गरेको हो । 

अविरल वर्षा र पहिरोका कारण मुलुकको विभिन्न भागमा बितेको २४ घण्टामा करीब एक दर्जन बढी नागरिकको मृत्यु भएकोमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले गम्भीर दुःख व्यक्त गरेको कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, "ज्यान गुमाउनु हुने दिनीबहिनी–दाजुभाइको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछ ।"

केन्द्रीय कार्यसमितिको अर्को बैठक २०७६ असार २९ गते आइतबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेसमेत जनाइएको छ ।

काँग्रेसको बैठकमा काँग्रेस विधानको नियमावलीका विषयमा छलफल भएको बताइएको छ । 

बैठकमा नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु— प्रकाशमान सिंह, डा. रामशरण महत, नरहरि आचार्य, डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, डा. शेखर कोइराला, नविन्द्रराज जोशी, रत्न शेरचन, शंकर भण्डारी, किशोरसिंह राठौर, गगनकुमार थापा, जीवन परियार, किरण यादव, सरिता प्रसाई, अतहर कमाल मुसलमान र आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले आ–आफ्नो विचार व्यक्त गरेको बैठक पछि जारी गरिएको विज्ञप्तिमा जनाइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै