नेपाल र मलेसियाबीच पहिलो टी-२० आज, यसरी हेर्नुस लाइभ

खरीबोट

फाइल तस्बीर

अपडेट : मलेसियाले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । नेपालले मलेसियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।  

काठमाडौँ । सिङ्गापुरमा आयोजना हुने आइसिसी टी–२० विश्वकप एशिया छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले आज मलेसियासँग खेल्ने भएको छ ।

मलेसिया भ्रमणमा रहेको नेपाली टोलीले घरेलु टोलीसँग दुई टी–२० अन्तरराष्ट्रिय क्रिकेट शृङ्खला खेल्नेछ । क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा हुने शनिबारको खेल नेपाली समयअनुसार बिहान ७:४५ बजे शुरु हुनेछ । अर्को खेल नेपालले आइतबार खेल्नेछ । टी– २० सिरिज सकिएपछि नेपाली टोली त्यतैबाट सिङ्गापुर प्रस्थान गर्नेछ ।

नेपाल र मलेसियाबीचको यो खेल मलेसिया क्रिकेट बोर्डको अफिसियल वेवसाइट www.cricketmalaysia.com, मलेसिया क्रिकेट बोर्डको अफिसियल फेसबुक पेज www.facebook.com/MalaysianCricket र मलेसियन क्रिकेट बोर्डको अफिसियल ट्वीटर पेज www.twitter.com/MalaysiaCricket बाट लाइभ हुने मलेसियन क्रिकेट बोर्डले जानकारी दिएको छ ।

मलेसियाविरुद्धको दुई टी-२० र विश्वकपको एशियास्तरको छनौटका लागि १४ सदस्यीय टिममा पारस खड्का (कप्तान), अभिनाश बोहोरा, बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करन केसी, ललित नारायण राजबंशी, पवन सराफ, प्रदीप ऐरी, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, शरद भेस्वाकर र सोमपाल कामी, रहेका छन् ।

त्यस्तै वैकल्पिक खेलाडीमा जितेन्द्र कुमार मुखिया, कुशल भुर्तेल, मोहमद आरिफ सेख र सुशन भारी रहेका छन्  ।  

हालसम्म टी–२० खेलमा नेपाल र मलेसिया चार पटक भिडेका छन् । नेपाल तीन तथा मलेसिया एक खेलमा विजयी भएको छ ।

त्यसैगरी दुई टी-२० पछि सिङ्गापुरमा आगामी साउन ६ देखि १२ गतेसम्म आइसिसी टी–२० विश्वकप एशिया छनोटमा नेपालसहित आयोजक सिङ्गापुर, मलेसिया, कतार र कुवेत भिड्ने छन् ।

नेपालले पहिलो खेल आगामी साउन ७ गते कतारसँग खेल्नेछ । यस्तै साउन ८ मा मलेसियासँग, ११ गते कुवेत तथा १२ गते सिङ्गापुरसँग खेल्नेछ ।

यस प्रतियोगितामा शीर्ष स्थान हासिल गर्ने टोलीले विश्वकपको ग्लोबल छनोट खेल्नेछ । ग्लोबल छनोट आगामी अक्टोबर ११ देखि नोभेम्बर ३ तारिखसम्म संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुँदैछ ।

सम्बन्धित समाचार

वेस्टइन्डिजविरुद्धको टी-२० सिरिजमा अफगानिस्तानको कब्जा

काठमाडौं । अफगानिस्तानले वेस्टइन्डिजविरुद्धको टी-२० सिरिज जितेको छ । गएराती सम्पन्न सिरिजको अन्तिम खेलमा वेस्टइन्डिजलाई २९ रनले पराजित गर्दै अफगानिस्तानले सिरिज २-१ ले जितेको हो । अफगानिस्तानले दिएको १५७ रनको लक्ष्य पछाएको

टी-२० खेलमा वेस्टइन्डिजमाथि अफगानिस्तानको शानदार जित

काठमाडौँ । अफगानिस्तानले वेस्टइन्डिजविरुद्धको टी-२० खेल जितेको छ । गएराती सम्पन्न खेलमा अफगानिस्तानले वेस्टइन्डिजलाई ४१ रनले पराजित गरेको हो । अफगानिस्तानले दिएको १४८ रनको लक्ष्य पछाएको वेस्टइन्डिज २० ओभरमा ८ विकेट

सचिन तेन्दुलकर काठमाडौँमा

काठमाडौँ  । भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकर नेपाल आइपुगेका छन्  । युनिसेफका सद्भावना दुत रहेका सचिन युनिसेफको निमन्त्रणामा नेपाल आइपुगेका हुन् । बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पारित भएको ३० वर्ष पुगेको अवसरमा युनिसेफले सचिनलाई

पिएसएलको ड्राफ्टका लागि २८ महंगा विदेशी खेलाडी, नेपालबाट सन्दीप मात्र

काठमाडौँ । नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा परेका छन् । पाकिस्तानी क्रिकेट बोर्डले सार्वजनिक गरेको महंगा खेलाडीको सुचीमा सन्दीपको नाम समावेश गरिएको छ । सन्दीपको नाम पिएसएलको


z