• २०८१ बैशाख ७ शुक्रबार

नाडाललाई पराजित गर्दै फेडेरर विम्बलडनको फाइनलमा

kharibot

काठमाडौँ । आफ्न चीरपरिचित प्रतिद्वन्दी राफेल नाडाललाई पराजित गर्दै रोजर फेडेरर विम्बलडन टेनिसको पुरुषतर्फको सिंगलमा फाइनलमा प्रवेश गरेका छन् ।

गएराती सम्पन्न सेमिफाइनलको खेलमा फेडेररले नाडाललाई ३-१ सेटले पराजित गरेका थिए । फेडेररले ७-६, १-६, ६-३ र ६-४ को सेटले नाडाललाई पराजित गरेका थिए ।

फेडररले सन् २००८ को विम्बलडन फाइनलपछि पहिलो पटक खेलेका यो जोडीबीचको खेल निकै रोमान्चक भएपनि ३८ बर्षिय फेडररले नाडाललाई हावी हुने कुनै मौका नै दिएनन् । पहिलो सेट संघर्षपूर्ण रुपमा जितेका फेडेररले दोस्रो सेट हारेपनि तेस्रो र चौथो सेट सजिलै जितेका थिए ।

विश्व टेनिस खेलमा फेडरर र नाडालको यो ४०औ भेट थियो ।

अब फेडेररले विम्बलडनको फाइनलमा आगामी आइतबार नोभाक जोकोभिचसँग खेल्दै छन् । फेडररले यस पटकको विम्बलडन जितेमा उनको यो नवौ उपाधि हुने छ भने उनी धेरै पटक विम्बलडनको उपाधि जित्ने खेलाडी बन्ने छन् । फेडरर यो सहित १२औ पटक विम्बलडनको फाइनलमा पुगेका छन् ।

यस अघि महिला खेलाडी मार्टिना नभरातीलोभाले ९ पटक बिम्बलडनको उपाधि जितेकी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै