• २०८१ बैशाख ४ मंगलबार

सचिनको यो रेकर्डमाथि रुट र विलियम्सनको नजर

kharibot

काठमाडौँ । विश्वकप क्रिकेटको फाइनल खेल आइतबार हुदै छ । आयोजक इङल्याण्ड र न्युजील्याण्डबीच हुने यो खेल जुनसुकै टिमले जिते पनि अब अहिलेसम्म विश्वकप नजितेको नयाँ टिमले यो पटक विश्वकप जित्ने निश्चित भएको छ ।

यसैबीच यस खेलमा क्रिकेटका भगवान भनिने सचिन तेन्दुलकरको एउटा रेकर्डमा दुई खेलाडीको नजर रहेको देखिएको छ ।

सचिनको एकै विश्वकपमा धेरै रन ६७३ रन बनाएको १६ बर्ष अघिको रेकर्ड नजिक अब दुई खेलाडी न्युजील्याण्डका कप्तान केन विलियम्सन र इङल्याण्डका जोय रुट रहेका छन् । 

रुटले अहिलेसम्म यस विश्वकपमा ५४९ रन बनाएका छन् भने सचिनको रेकर्ड भन्दा १२५ रन टाढा रहेका छन् । रुटले फाइनलमा १२५ रन बनाएमा उनले सचिनको रेकर्ड तोड्ने छन् ।

यस विश्वकपमा उत्कृष्ट फर्ममा रहेका रुटले २ शतक बनाएका रुटले सचिनको रेकर्डलाई भेटाउने आशा गर्न सकिन्छ । उनले यस विश्वकपमा वेस्टइन्डिज विरुद्ध अविजित १०० तथा पाकिस्तानविरुद्ध १०७ रनको शतकीय पारी खेलेका थिए ।

त्यस्तै उत्कृष्ट फर्ममा रहेका न्युजील्याण्डका कप्तान केन विलियम्सनले पनि सचिनको यो रेकर्ड भेट्टाउन सक्ने आशा गर्न सकिन्छ । रुटले यस विश्वकपमा २ शतक र २ अर्धशतकसहित ५४८ रन बनाएका छन् । जसमा वेस्टइन्डिजविरुद्ध १४८ रनको विस्फोटक पारी र दक्षिण अफ्रीकाविरुद्ध अविजित १०६ रनको पारी सामेल छ ।

यस विश्वकपमा सचिनको यो रेकर्ड भारतीय ब्याट्सम्यान रोहित शर्मा र अस्ट्रेलियाका डेविड वार्नरले तोड्ने विश्वास गरिएको थियो । रोहितले ६४८ र वार्नरले ६४७ रन बनाए ।

सेमिफाइनल खेलमा रोहित एक रनमा र वार्नर ९ रनमा आउट भएपछि दुवै सचिनको यो रेकर्डको नजिक आएर पनि तोड्नबाट चुकेका थिए ।

सचिनले सन् २००३ मा दक्षिण अफ्रीकामा भएको विश्वकपमा ११ खेलमाका ११ पारीमा एक शतक र ६ अर्धशतकसहित ६७३ रन बनाउदै यो रेकर्ड बनाएका थिए । सो विश्वकपमा भारत फाइनलमा पुगेर अस्ट्रेलियासँग पराजित भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै