बाढीले रुख चढेका मुखियाको २४ घण्टापछि उद्धार

खरीबोट

लहान । कमला नदीको बाढीबाट जोगिन रुख चढेका एक जनाको २४ घण्टापछि शुक्रबार उद्धार गरिएको छ । बाढीबाट जोगिन बिहीबार रुख चढेका सिरहाको कर्जन्हा नगरपालिका–२ का ५५ वर्षीय बेत्रु मुखियाको शुक्रबार साँझ नेपाली सेनाको टोलीले उद्धार गरेको हो । 

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीका अनुसार कमला नदीको बीचमा रहेको रुखमा चढेका मुखियालाई धनुषाको पोर्ताहा क्षेत्रबाट गएको सेनाको टोलीले उद्धार गरेको हो ।

दिनभर पानीको बहाव नघटेका कारण उद्धारमा कठिनाइ भएको थियो । प्रतिकूल मौसमका कारण उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर आउन सकेको थिएन । मुखिया कमला नदीको बगरमा टहरा बनाएर तरकारी खेती गर्दै आएका थिए । गएराति बाढीले टहरा बगाएपछि मुखिया ज्यान जोगाउन रुख चढेका थिए ।  

छ सय परिवार विस्थापित

वर्षासँगै कमला नदीमा आएको बाढीका कारण सिरहामा ६०० भन्दाबढी परिवार विस्थापित भएका छन् । उनीहरुलाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताउनुभयो । बाढीका कारण सिरहा नगरपालिका–६ बसपिट्टा, लहान नगरपालिका–१ र २ मिलनचोकको बस्ती डुबानमा परेको छ । वर्षापछि कमला, बलानलगायत नदीको पानीको सतह बढेको छ ।

सम्बन्धित समाचार

संसदीय टोली प्रदेश २ को बाढी प्रभावित क्षेत्रमा

धनुषा । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि बनाएको उपसमितिले प्रदेश नं २ को बाढीबाट भएको क्षतिको स्थलगत निरीक्षण शुरु गरेको छ ।  टोलीले पहिलो

सभापति देउवाद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

लहान । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डुबानबाट प्रभावित सिरहाको विभिन्न बस्तीको आज स्थलगत निरीक्षण गरेका छन् ।  पूर्व प्रधानमन्त्री देउवाले कमला नदीको बाढीका कारण डुबानमा परेको सिरहा नगरपालिका–६ बसबिट्टा, सारस्वर,

ललितपुरका बाढीपीडितलाई खाद्यान्न वितरण

ललितपुर / एक साता अगाडि अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित परिवारलाई महालक्ष्मी नगरपालिकाले खाद्यान्न वितरण गरेको छ । महालक्ष्मी–१० लाँकुरीभञ्ज्याङका १४ परिवारलाई नगरपालिकाले एक हप्तादेखि नै चामल, दाल, तेल, लुगा

बाढी प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

लहान । सिरहाको बाढी प्रभावित क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यालय सिरहाले निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सिरहाको अतिप्रभावित क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यालयबाट खटिएको टोलीले बाढीबाट सबैभन्दा बढी प्रभावित सिरहा


z