त्रिशूलीमा ट्रक खस्यो, एक बेपत्ता

खरीबोट

फाइल तस्बीर

भरतपुर । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलाबाट ट्रक त्रिशूली नदीमा खसेको छ ।

ट्रकका सहचालक बेपत्ता भएका छन् भने चालक घाइते भएका छन् । गए राति १:३० बजेको समयमा भैरहबाबाट दाना बोकेर काठमाडौँ जाँदै गरेको ना ४ ख १७९६ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो । 

ट्रकका सहचालक दाङ घोराही बस्ने २५ वर्षीय अनिल गुरुङ बेपत्ता भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । गाडीका चालक ललितपुर बस्ने ४६ वर्षीय माधव थापामगर घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । 

ट्रक पूरै पानीमा डुबेको र  नदीमा बाढी आएका कारण उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

त्रिशूलीमा दुई शव भेटियो

बेत्रावती । नुवाकोटस्थित त्रिशूली नदीमा आज दुई जनाको शव भेटिएको छ । विदुर नगरपालिका–४ का सीताराम सुनार तथा पहिचान खुल्न नसकेको अर्को एक जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर

ककनी–त्रिशूली सडक अवरुद्ध

नुवाकोट । पासाङल्हमु मार्गको ककनी–त्रिशूली खण्डको निगालेमा पहिरोले सडक अवरुद्ध भएको छ । ककनी गाउँपालिका–४ निगालेमा सडकमाथिबाट आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडकको

त्रिशूलीमा ट्रक खस्यो, एक बेपत्ता

भरतपुर । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलाबाट ट्रक त्रिशूली नदीमा खसेको छ । ट्रकका सहचालक बेपत्ता भएका छन् भने चालक घाइते भएका छन् । गए राति १:३० बजेको समयमा

इँटा बोकेको ट्रक त्रिशूली नदीमा खस्दा दुई जनाको मृत्यु

मुग्लिन । चितवनमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान ५:४५ बजे मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ना ७ ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ चुम्लिङटार


z