नवजात शिशु अस्पतालबाटै हरायो

खरीबोट

बेझाड । लुम्बिनी मेडिकल कलेज प्रभासमा शुक्रबार मध्याह्नमा जन्मिएको शिशु दिउँसो ३ बजे अस्पताल परिसरबाटै हराएको छ ।

तानसेन नगरपालिका–९ बस्ने २२ वर्षीया जमुना रानाले जन्माएको शिशु केही घण्टामै हराएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताए ।

सुत्केरी जमुनाको रेखदेख गर्न साथमा उनकी आमा अस्पतालमा आएकी थिइन् । अर्धचेत अवस्थामा रहेकी जमुनालाई आमाले झोलिलो खानेकुरा लिन क्यान्टिनमा नवजात शिशु काखमै बोकेर पुगेकी थिइन् ।

उनीसँगै एकजना अपरिचित महिलाले सहयोग गर्ने बाहनामा सँगै गएको उनकी आमाको भनाइ छ । अपरिचित महिलाले शिशु आफूले अस्पतालको कक्षमा ल्याइदिने बाहना गरी ज्वानोको झोल जमुनाकी आमालाई लैजान पठाएको बताइएको छ ।

छोरीसँग पुगेको केही समयसम्म अपरिचित महिलाले शिशु लिएर नगएपछि खोजी कार्य भएको हो । सो घटनाबारे अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार

रगतको अभाव हुदैन बर्दिया अस्पतालमा

बर्दिया (गुलरिया) । मधुवन नगरपालिका बडा नं ८ दिलाराम जैसी का बुहारी दिपा जैसीको सुत्केरी हुने क्रममा समस्या भए पछि रगत चाहिने भयो सो गुलरियाका युवाहरुले रगत उपलव्ध गराए पछि

क्यान्सर अस्पतालमा विस्तारित स्वास्थ्य सेवा

चितवन । क्यान्सर रोगको उपचार गर्न चितवन आउने जो कोहीले आजबाट पालो नपाएर निजी अस्पताल धाउनु नपर्ने भएको छ। यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आजदेखि विस्तारित स्वास्थ्य सेवा शुरु

सेती प्रादेशिक अस्पतालमा अनियमितता, मेडिकल सुपरिटेन्डेन्टविरुद्ध अख्तियारमा उजुरी

धनगढी । धनगढीको सेती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयविरुद्ध अनियमितताको उजुरी परेको छ । अस्पतालमा आवास, कर्मचारी भर्ना, अस्पतालको हाता भित्रै फार्मेसी सञ्चालन गर्न दिएको लगायत एकलौटी मनपरी

कोशी अस्पतालमा प्रभु बैंकको काउण्टर सञ्चालन

विराटनगर । मोरङ्ग जिल्ला विराटनगर महानगरपालिका वडा नम्बर ७ स्थित कोशी अस्पतालमा प्रभु बैंकले काउण्टर सञ्चालन गरी उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा कोशी अस्पतालमामा आउने सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध


z