• २०८१ बैशाख ५ बुधबार

नेपाल र मलेसियाको खेल सुरु, लाइभ भिडियो

kharibot

काठमाडौँ । मलेसियाले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । नेपालले मलेसियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।  

सिङ्गापुरमा आयोजना हुने आइसिसी टी–२० विश्वकप एशिया छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले आज मलेसियासँगको खेल सुरु भएको छ ।

मलेसिया भ्रमणमा रहेको नेपाली टोलीले घरेलु टोलीसँग दुई टी–२० अन्तरराष्ट्रिय क्रिकेट शृङ्खला खेल्नेछ । क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा हुने शनिबारको खेल नेपाली समयअनुसार बिहान ७:४५ बजे शुरु हुनेछ । अर्को खेल नेपालले आइतबार खेल्नेछ । टी– २० सिरिज सकिएपछि नेपाली टोली त्यतैबाट सिङ्गापुर प्रस्थान गर्नेछ ।

नेपाल र मलेसियाबीचको यो खेल मलेसिया क्रिकेट बोर्डको अफिसियल वेवसाइट www.cricketmalaysia.com, मलेसिया क्रिकेट बोर्डको अफिसियल फेसबुक पेज www.facebook.com/MalaysianCricket र मलेसियन क्रिकेट बोर्डको अफिसियल ट्वीटर पेज www.twitter.com/MalaysiaCricket बाट लाइभ हुने मलेसियन क्रिकेट बोर्डले जानकारी दिएको छ ।

मलेसियाविरुद्धको दुई टी-२० र विश्वकपको एशियास्तरको छनौटका लागि १४ सदस्यीय टिममा पारस खड्का (कप्तान), अभिनाश बोहोरा, बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करन केसी, ललित नारायण राजबंशी, पवन सराफ, प्रदीप ऐरी, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, शरद भेस्वाकर र सोमपाल कामी, रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै