दुई गाउँपालिकाबीच सीमा विवाद

खरीबोट

जाजरकोट । जाजरकोट र सुर्खेतको सीमा क्षेत्रमा पर्ने छेडाचौरमा सीमा विवाद उत्पन्न भएको छ । सुर्खेतको सिम्ता गाउँपालिका र जाजरकोटको शिवालय गाउँपालिकाबीच सीमा विवाद देखिएको हो ।

शुक्रबार सिम्ता गाउँपालिकाका अध्यक्ष कवीन्द्रकुमार केसीलगायतको टोली आएर छेडाचौरमा आफ्नो बोर्ड टाँसेर गएलगत्तै जाजरकोट शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार केसीको टोली आएर पूर्ण सिम्ता गाउँपालिकाले राखेको साइनबोर्ड उलेखेर फाँकी आफ्नो गाउँपालिकाको बोर्ड राखेको प्रहरीले बताएको छ । 

जाजरकोटको शिवालय गाउँपालिका १ र सुर्खेतको सिम्ताको वडा १ बीचमा छेडाचौरलाई आआफ्नो दाबी गरेपछि विवाद उत्पन्न भई सीमा क्षेत्रमा राखिएको बोर्ड फालाफाल अवस्थामा पुगेको हो । 

शिवालय गाउँपालिकाका प्रशासकीय अधिकृत धनीराम शर्माका अनुसार सर्वोच्च अदालतले जाजरकोटको पक्षमा पहिले नै फैसला गरिसकेकाले विवाद गर्न जरुरी नभएको बताए । 

पहिले समाधान भएको विषय अहिले स्थानीय सरकार गठनपछि पूर्ण बल्झिएको स्थानीयले बताएका छन् । उता सिम्ता गाउँपालिकाका अध्यक्ष केसीलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । प्रशासकीय अधिकृत जनक हमालले सीमा क्षेत्रमा विवाद भएकाले दुवै पक्ष एकापसमा बैठक बसेर छलफलबाट समाधान खोज्ने बताए ।

सम्बन्धित समाचार

मोरङको धनपालथान गाउँपालिकाको उपनिर्वाचनमा समाजवादी पार्टीले काँग्रेसलाई सघाउने

विराटनगर । मोरङको धनपालथान गाउँपालिकाको एक स्थानमा यही मङ्सिर १४ गते हुने  उपनिर्वाचनमा सङ्घीय समाजवादी पार्टीले नेपाली काङ्ग्रेसलाई सहयोग गर्ने भएको छ । दुई पार्टीद्वारा आज यहाँ आयोजित संयुक्त पत्रकार सम्मेलनमा

मालारानी गाउँपालिका–३ को वडाध्यक्षमा तीनको उम्मेदवारी

अर्घाखाँची । मालारानी गाउँपालिका–३ खनदहमा वडाध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको छ । वडाध्यक्षका लागि नेपाली काङ्ग्रेसबाट शोभाखर खनाल, नेकपाबाट यमलाल खनाल र राप्रपाबाट रणबहादुर खनालको उम्मेदवारी परेको मुख्य

मकालु गाउँपालिकामा उपनिर्वाचनका लागि मनोनयन दर्ता

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका अध्यक्ष पदको उपनिर्वाचनमा सात वटा पार्टीले भाग लिएको निर्वाचन कार्यालयले जनाएको छ।  आसन्न मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपाबाट तेजबहादुर पोखरेल, नेपाली काङ्ग्रेसबाट विमल पराजुली,

भुम्लु गाउँपालिकाले हरिबोधनी एकादशीमा सार्वजनिक बिदा

काभ्रेपलाञ्चोक । भुम्लु गाउँपालिकाले यही कात्तिक २२ गते हरिबोधनी एकादशीका दिन सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाका बासिन्दालाई स्थानीय पर्वमा सहभागी हुन अपिल गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो


z