• २०८१ बैशाख ८ शनिबार

दुई गाउँपालिकाबीच सीमा विवाद

kharibot

जाजरकोट । जाजरकोट र सुर्खेतको सीमा क्षेत्रमा पर्ने छेडाचौरमा सीमा विवाद उत्पन्न भएको छ । सुर्खेतको सिम्ता गाउँपालिका र जाजरकोटको शिवालय गाउँपालिकाबीच सीमा विवाद देखिएको हो ।

शुक्रबार सिम्ता गाउँपालिकाका अध्यक्ष कवीन्द्रकुमार केसीलगायतको टोली आएर छेडाचौरमा आफ्नो बोर्ड टाँसेर गएलगत्तै जाजरकोट शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार केसीको टोली आएर पूर्ण सिम्ता गाउँपालिकाले राखेको साइनबोर्ड उलेखेर फाँकी आफ्नो गाउँपालिकाको बोर्ड राखेको प्रहरीले बताएको छ । 

जाजरकोटको शिवालय गाउँपालिका १ र सुर्खेतको सिम्ताको वडा १ बीचमा छेडाचौरलाई आआफ्नो दाबी गरेपछि विवाद उत्पन्न भई सीमा क्षेत्रमा राखिएको बोर्ड फालाफाल अवस्थामा पुगेको हो । 

शिवालय गाउँपालिकाका प्रशासकीय अधिकृत धनीराम शर्माका अनुसार सर्वोच्च अदालतले जाजरकोटको पक्षमा पहिले नै फैसला गरिसकेकाले विवाद गर्न जरुरी नभएको बताए । 

पहिले समाधान भएको विषय अहिले स्थानीय सरकार गठनपछि पूर्ण बल्झिएको स्थानीयले बताएका छन् । उता सिम्ता गाउँपालिकाका अध्यक्ष केसीलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । प्रशासकीय अधिकृत जनक हमालले सीमा क्षेत्रमा विवाद भएकाले दुवै पक्ष एकापसमा बैठक बसेर छलफलबाट समाधान खोज्ने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै