• २०८१ बैशाख ६ बिहीबार

मलेसियामाथि नेपालको सहज जित, पारसको उत्कृष्ट ब्याटिंग

kharibot

काठमाडौँ । काठमाडौँ । नेपालले मलेसियाविरुद्धको पहिलो टी-२० खेल जितेको छ ।

आज सम्पन्न खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो ।

मलेसियाले दिएको १२९ रन पछाएको नेपालले १८.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेका थिए । नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिंग गर्दै ८६ रन बनाएका थिए । पारसले ५० बलमा ८ चौका र ५ छक्का प्रहार गर्दै ८६ रन बनाएका थिए । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पारसको यो दोस्रो अर्धशतक हो ।  

त्यस्तै प्रदीप ऐरीले ८, ज्ञानेन्द्र मल्लले ७, रोहित पौडेलले ५ र शरद भेस्वाकरले अविजित १६ रन बनाएका थिए ।

मलेसियाका बलर अनवर रहमानले २ विकेट लिए भने फित्री शामले एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाउदै १२८ रन बनाएको थियो ।

मलेसियाका लागि वीरनदीप सिंहले सर्वाधिक ५७ रन बनाएका थिए । सिंहले ४९ बल खेल्दै ७ चौका र एक छक्का प्रहार गर्दै ५७ रन बनाएका थिए ।

त्यस्तै अहमद फैजले ४५ रन बनाए भने फित्री शामले १२ शयेद अजिज शुन्यमा र सफिक शरिफले २ रन बनाएका थिए । त्यस्तै मुहमद सेयाहादतले ८ रन बनाए ।  

नेपाली बलर करण केसीले सर्वाधिक ३ विकेट लिए भने सन्दीप लामिछाने र बसन्त रेग्मीले २-२ विकेट लिए । त्यस्तै सोमपाल कामी एक विकेट लिए ।

बसन्त रेग्मीले ४ ओभरमा २८ रन दिएर २ विकेट लिए भने सन्दीप लामिछानेले ४ ओभरमा २५ रन दिएर २ विकेट लिए । त्यस्तै सोमपाल कामीले ३ ओभरमा १५ दिएर एक विकेट लिए । त्यस्तै करण केसीले ४ ओभरमा २७ रन दिएर २ विकेट लिए । नेपालले एक विकेट रनआउटको रुपमा लिएको थियो ।

नेपाल र मलेसीयाबीचको दोस्रो खेल भोलि नै हुने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै