कर्णालीको कटानको जोखिममा तोलीगाउँ

खरीबोट

कैलाली । कैलालीको टीकापुर नगरपालिका–८ श्रीलङ्कास्थित तोलीगाउँमा कर्णाली नदीले जमीन कटान शुरु गरेको छ । पहाडी क्षेत्रमा भइरहेको वर्षाका कारण कर्णाली नदीमा पानीको सतह बढेपछि नदी कटान तीव्र भएको स्थानीयवासी दिलबहादुर बुढाले बताए ।

किसानले लगाएको ऊखु, तिल, मासलगायतका बालीसमेत कटान गरेको छ । वर्षेनी कटान र डुवानको समस्या झेल्दै आएका त्यहाँका बासिन्दा वर्षात्मा सधैँजसो त्रसित रहन्छन् । विगतका वर्षमा वर्षायाम सकिएर नदीमा पानीको सतह घट्ने बेला कटान हुने गरेको भए पनि यसवर्ष वर्षायामको शुरुवातबाटै कटान भएपछि स्थानीयवासी त्रसित भएका छन् ।

स्थानीय लोकसिंह बुढाले वर्षाको शुरुवातमै नदीले कटान शुरु गरेपछि त्रसित बनाएको बताए । “यसवर्ष त हामीले खेती पनि गर्न पाएका छैनौं, वर्षाको शुरुवातमै कर्णाली नदीले कटान शुरु गरेको छ”, उनले भने, “चार बिघाभन्दा बढी कटान गरिसकेको छ, यही गतिमा काट्दै गए श्रीलङ्का क्षेत्र सबै नदीमा परीणत हुनेछ ।”

नदी कटानबाट उर्वर भूमि बालुवामा परीणत हुँदै गएको स्थानीयवासी धर्म चौधरीले बताए । कैलाली र बर्दियाको सिमानामा पर्ने श्रीलङ्का बाढी प्रभावित क्षेत्र हो । बर्दियाले आफ्नो क्षेत्रमा कर्णाली नदीबाट दक्षिणतर्फ गत वर्षदेखि तटबन्ध बनाएपछि नदीको कटान झन तीव्र भएको हो । तटबन्ध सकिएको ठाउँबाटै नदीले यसवर्षसमेत कटान शुरु गरेको हो ।

कैलालीको क्षेत्रमा भने तटबन्ध निर्माण हुनसकेको छैन । कर्णाली नदीले श्रीलङ्कामा कटान शुरु गरेको टीकापुर–८ का वडाध्यक्ष दीर्घ ठकुल्लाले बताए । केही दिनदेखि नदीले कटान शुरु गरेको छ । “बर्दियातिरबाट भएको तटबन्ध भन्दा तलबाट कटान शुरु छ”, ठकुल्लाले भने, “कटानले श्रीलङ्काको उर्वरभूमि सखाप हुने अवस्थामा पुग्यो ।” नदी कटानका कारण किसानले लगाएको बालीसमेत नष्ट भइरहेको अध्यक्ष ठकुल्लाले बताए । श्रीलङ्कामा झण्डै ८० परिवार बसोवास गर्दै आएका छन् ।

त्यहाँका अधिकांश नागरिकले उखुखेती गर्ने गरेका छन् ।

सम्बन्धित समाचार

माथिल्लो कर्णाली जलविद्युतमा राष्ट्रहित विपरीत सम्झौता – झलनाथ खनाल 

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरु झलनाथ खनाल र भीम रावलले माथिल्लो कर्णाली जलविद्युत् परियोजनामा राष्ट्रहित विपरीत सम्झौता गरेको भन्दै सरकारको आलोचना गरेका छन् । पुष्पलाल मित्रता केन्द्रले

‘हाम्मा कुडा मुख्यमन्त्रीसँग’ कार्यक्रम शुभारम्भ

कालिकोट । कर्णाली प्रदेश सरकारले जनताका समस्या बुझ्न ‘हाम्मा कुडा मुख्यमन्त्रीसँग’ कार्यक्रमको शुभाराम्भ गरेको छ । एक कार्यक्रमका बीच आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ‘हाम्मा कुडा मुख्यमन्त्रीसँग’कार्यक्रमको शुभारम्भ गरेका हुन्

प्रदेश लोकसेवा आयोगसम्बन्धी ऐनमा त्रुटी

सुर्खेत । कर्णाली प्रदेशसभाबाट पारित भएको प्रदेश लोकसेवा आयोगसम्बन्धी ऐनका केही प्रावधानमा त्रुटी फेला परेको छ । गत जेठमा प्रमाणीकरण भएको ऐनमा वाक्यांशहरुको तालमेल नमिल्दा राजपत्रमा प्रकाशित हुन सकेको छैन

कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खत्री पदमुक्त

सुर्खेत । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री पदमुक्त भएका छन् । कर्णाली प्रदेश सरकारले बिहीबार उनलाई पदमुक्त गरेको हो ।  मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भौतिक पूर्वाधार विकासमन्त्री खत्रीलाई नेपालको


z