• २०८१ बैशाख ७ शुक्रबार

ब्लकबष्टर कबीर सिंह : चौथो सातापनि उत्कृष्ट कलेक्सनको सुरुवात

kharibot

मुम्बई । बलिवुड अभिनेता शाहिद कपुर र कियारा अडवाणीको नयाँ फिल्म कबीर सिंहले भारतीय बक्स अफिसमा निरन्तर उत्कृष्ट कलेक्सन गर्दै कैयौ रेकर्ड तोडेको छ ।

रिलिजको २२औ दिनसम्म आइपुग्दा कबीर सिंहले २ सय ५० करोडको कलेक्सन गरेको छ । फिल्मले आफ्नो चौथो शुक्रबार २ करोड ५४ लाख कलेक्सन गर्दै बक्स अफिसमा २ सय ५२ करोड १४ लाख कलेक्सन गरेको छ ।

कबीर सिंहले सन् २०१९ मा रिलिज भएका सबै फिल्म भन्दा छिटो २ सय ५० करोड क्लबमा फिल्म समेत बनेको छ । यस अघि फिल्मले सुपरस्टार सलमान खानको फिल्म भारतको रेकर्डलाई समेत तोडेको छ भने फिल्मले यस बर्षको अर्को सुपरहिट फिल्म उरीको रेकर्डलाई समेत तोडेको छ । 

कबीर सिंहले रिलिजको ५ दिनमा सय करोड, ९ दिनमा १५० करोड, १० दिनमा १७५ करोड र १३ दिनमा २ सय करोड र २२औ दिन २५० करोड कल्केसन गरेको छ ।

फिल्मले रिलिजको पहिलो साता १३४ करोड ४२ लाख, दोस्रो साता ७८ करोड ७८ लाख र तेस्रो साता ३६ करोड ४० लाख कलेक्सन गरेको थियो । हजो शुक्रबार देखि अभिनेता हृतिक रोशनको फिल्म सुपर ३० रिलिज भएपनि कबीर सिंहले २ करोडभन्दा बढीको कलेक्सन गरेर अझै नरोकिने संकेत गरेको छ ।    

फिल्मले बक्स अफिसमा कैयौ रेकर्ड समेत तोडेको छ । फिल्मले अभिनेता शाहिद कपुरको क्यारियरमा अहिलेसम्म कै सफल फिल्मको रेकर्ड त बनायो नै यसले यस बर्ष रिलिज भएका फिल्मका कैयौ रेकर्ड तोडिएको छ ।

दक्षिण भारतको ब्लकबष्टर फिल्म अर्जुन रेड्डीको रिमेक कबीर सिंहमा शाहिद कपुर र कियारा आडवाणीको प्रमुख भूमिका रहेको छ । सेन्सरले एडल्ट सर्टिफिकेट दिनुमा यस फिल्ममा शाहिद कपुरले पागल प्रेमीको भूमिकामा रहेका छन् । फिल्म २ घण्टा २४ मिनेटको रहेको छ भने फिल्मलाई सन्दीप वांगाले निर्देशन गरेका छन् ।

यस फिल्मलाई भारतीय सेन्सर बोर्डले ए सर्टिफिकेट दिएर यस फिल्मलाई सिनेमा हलमा गएर बालबालिकाले हेर्न नपाउने बनाए पनि फिल्मलाई दर्शकले अत्याधिक मन पराएका छन् ।
फिल्ममा शहिद र कियारा दुवै मेडिकल विद्यार्थी हुने र शाहिद (कबीर सिंह) ले कियारालाई जबर्जस्ती प्रेम गर्ने र अन्तत: कियाराको मन जित्न सफल हुने तर पछि दुवैबीच बिछोड हुने

कथा रहेको बताइएको छ । कियारासँगको बिछोड पछि शाहिद कुलतमा फस्ने समेत फिल्ममा देखाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै