• २०८१ बैशाख १४ शुक्रबार

बारा र पर्सामा बाढीले बगाउँदा दुई जनाको मृत्यु

kharibot

जनकपुरधाम । बाढीले बगाउँदा बारा र पर्सामा दुई जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा पर्साको पर्सागढी नगरपालिका–१ का १० वर्षीय निखिल पटेल र बारा परवानीपुर गाउँपालिका–१ का डेढ वर्षीय विकी यादव रहेका छन् ।

बाढीले बगाउँदा चार जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सिरहा कल्याणपुर नगरपालिका–४ भोक्राहाका ५५ वर्षीय कामेश्वर यादव, महोत्तरी बलवा नगरपालिका–२ बर्दियाका ७० वर्षीय हमिद मियाँ, रौतहट गढिमाई नगरपालिका–६ धरमपुरका ५० वर्षीय आनन्द देवी र पर्साको वीरगञ्ज महानगरपालिका– १३ का १४ वर्षीय अनुप पटेल छन् ।

यादवलाई कमला नदी तर्ने क्रममा, मियाँ खोला तर्ने क्रममा, देवी वाग्मती नदीमा दाउरा टिप्ने क्रममा तथा पटेल बाढी हेर्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै