• २०८१ बैशाख १३ बिहीबार

विवादरहित बनेन राष्ट्रिय चलचित्र पुरस्कार 

kharibot

काठमाडौँ । गत शुक्रबार सरकारले तीन बर्षदेखि (०७३, ०७४ र ०७५) देखिको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ अवार्ड तथा सम्मान एकसाथ प्रदान गरिएको छ ।    

विगत तीन बर्षदेखी वितरण हुन् नसकेको राष्ट्रिय पुरस्कार वितरण हुनु रामो कुरा हो तर यसको वितरण हुने तरिकाका विषयमा दुई ठुला कलाकारले प्रश्न उठाएर यसमा सुधारको खाँचो रहेको देखाइदिएका छन् ।

फिल्मी क्षेत्रको कामको सम्मान गर्दै सरकारले दिने यस्तो पुरस्कारले कलाकारलाई प्रोत्सहान त अवश्य नै गर्दछ तर आयोजक राष्ट्रिय चलचित्र विकास बोर्ड र स्वयं सरकारले यसलाई विवादरहित बनाउनु पर्ने प्रयास भने गर्ने पर्दछ ।

राष्ट्रपतिको हातबाट सूचना तथा सञ्चार मन्त्रालय र चलचित्र विकास बोर्डले प्रदान गर्ने 'राष्ट्रिय चलचित्र पुरस्कार' पनि विवादबाट टाढा हुन भने सकेन ।

अवार्ड सम्पन्न भएसँगै सामाजिक सञ्जालमा फिल्मकर्मीबाट 'राष्ट्रिय चलचित्र पुरस्कार' को आलोचना तथा विरोध भएको छ ।

यस्तो असन्तुष्टि जनाउने मध्येका एक हुन् फिल्म 'पञ्चायत' का निर्देशक शिवम् अधिकारी । उनले नेपालबाट अस्कारका लागि छानिएको आफ्नो फिल्मले राष्ट्रिय अवार्ड नपाएको भन्दै फेसबुकमार्फत् असन्तुष्टि व्यक्त गरे । शुक्रबार साँझ फेसबुकमा स्टाटस लेख्दै उनले ‘अवार्ड किन्न पैसा बोकेर हिँड्नु पर्ने हो’ भन्दै चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई प्रश्न गरेका थिए । तर, उनले केही घण्टामा नै आफ्नो स्ट्याटस हटाएका थिए । नेपालबाट अस्कारका लागि छनोट भएको फिल्म (पञ्चायत) ले कुनै विधामा राष्ट्रिय अवार्ड प्राप्त नगर्नु आफैंमा आश्चर्यको कुरा भएको उनको तर्क थियो । 

वर्षौदेखि शीतल निवासको साँधुरो कोठामा हुँदै आएको राष्ट्रिय चलचित्र पुरस्कारमा थुप्रै चर्चित कलाकारले अनुपस्थित रहे । त्यसमा एक थिइन् अभिनेत्री करिश्मा मानन्धर । उनले फेसबुकमार्फत् घुमाउरो शैलीमा राष्ट्रपतिको घरमा गएर नाच्न आफूलाई स्वीकार्य नभएको बताईन । करिश्माले भनिन्, 'एकादेशको कथा ,पहिला पहिला देशमा राजा हुन्थ्यो र राजा पनि प्रग्या प्रथिस्ठान को हलमा कलाकारलाई हेर्न आउथे ! घर गएर नाच्न बिल्कुलै सुइकार्य छैन । बाहिर आउनुस तपाईं हाम्रो आमा हो । हामी तपाईंकोलागि ज्यान दिन्छौं ।' 

अवार्ड सम्पन्न भएपछि करिश्माको स्ट्याटसमा कमेन्ट गर्दै वरिष्ठ अभिनेता सरोज खनालले राष्ट्रपति निवासमा बस्ने ठाउँ नभएर ट्वाइलेटको कमोडमा आराम गर्दै गरेको तश्विर पोस्ट गरे, जसले 'राष्ट्रिय चलचित्र पुरस्कार' कै खिल्ली उडेको छ ।

खनालले तश्विरसँगै लेखेका छन्, 'सम्मानित हुने र सम्मान गर्ने त सोफामा विराजमान थिए तर हामी पर्फमर करीब ३५ जनालाई ८ बाइ १० को कोठामा कोचेर राखे । म चाहिँ ट्वाइलेटको कमोडमा बसेर आफ्नो पालो पर्खी बसे । के गरुँ आफ्नै क्षेत्रको दुर्दशा । पब्लिकलाई देखाएर आफ्नै बेइज्जत हुन्छ र शेयर गरिनँ । तर, मनको बह कसैलाई भन्नु भन्छन् । त्यसैले आई शेयर विथ यू ।' उनले 'राष्ट्रिय चलचित्र पुरस्कार' मा नृत्य प्रस्तुत गरेका थिए । 

खनालको तस्बीर बाहिरिएपछि फिल्मकर्मीले राष्ट्रिय अवार्डको व्यवस्थापन गरेको चलचित्र विकास बोर्डको आलोचना गरेका छन् । 

राष्ट्रपति भवनमा बस्ने ठाउँ नभएर देशका गहन भनिने कलाकार ट्वाइलेटमा बस्न बाध्य हुनुले 'राष्ट्रिय चलचित्र पुरस्कार' को गरिमा बढ्यो या बढेन ?  कलाकारको सम्मान र प्रोत्साहनमा आयोजना भएको देशको सबैभन्दा ठूलो पुरस्कारमा कलाकारले नै अपमान महसुस गर्नुले राष्ट्रिय अवार्डको औचित्यमाथि नै प्रश्न उठेको छ । यद्यपि, चलचित्र विकास बोर्डले तीन वर्षदेखि रोकिएको अवार्ड गरेर राम्रो काम बहने गरेको छ ।

अर्को तर्फ कसले अवार्ड पायो या पाएन भन्ने विषय भने अर्को बहसको विषय छ नै । अवार्ड वितरणमा पक्षपात भएको आरोप लागेपनि त्यो आवाज अहिले ठुलो स्वरमा बाहिर आएको छैन । अहिले करिश्मा, सरोज खनाल जस्ता कलाकारले अवार्डको आयोजना गर्ने तरिकामा प्रश्न उठाएर भविष्यमा हुने यस्ता अवार्ड कार्यक्रम राम्रोसँग र सबै कलाकार सहभागी हुने वातावारण बनाउने तर्फ आयोजक बोर्डले सोच्नै पर्छ ।          
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै