• २०८१ बैशाख १२ बुधबार

लिबियाको पश्चिमी किनाराबाट ५३ आप्रवासीको उद्धार

kharibot

त्रिपोली । लिबियाली तटीय रक्षकहरुले शनिबार राजधानी त्रिपोलीबाट करिब ६० किलोमिटर पश्चिमको सब्राथा तटीय जलक्षेत्रबाट ५३ जना अवैध आप्रवासीलाई उद्धार गरेका छन् ।

लिबियाली तटीय रक्षकका अनुसार सब्राथा जलक्षेत्रका रबरको डुङ्गामा सवार उनीहरुलाई उद्धार गरिएको छ । अफ्रिकाका विभिन्न मुलुकका ती आप्रवासीमा १० जना महिला र एक बालक पनि रहेका छन् ।

तटीय रक्षकका तर्फबाट जारी विज्ञप्तिमा उद्धार गरिएका आप्रवासीलाई मानवीय र स्वास्थ्य सेवा उपलब्ध गराइएको उल्लेख छ । राष्ट्रसंघीय उच्चायुक्त (युएनएचसीआर) ले समुद्रबाट उद्धार गरिएको आप्रवासीलाई लिबियामा बन्दी नबनाउन आग्रह गरेको छ ।

युरोप प्रवेश गर्न चाहने अफ्रिकी र एसियाली आप्रवासीहरु लिबियाको जलक्षेत्र हुँदै असुरक्षित तरिकाबाट डुङ्गाबाट यात्रा गर्ने गर्दछन् । पछिल्लो समय लिबियामा चर्किएको सशस्त्र हिंसाका कारण आप्रवासीको समेत हत्या हुन थालेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै