• २०८१ बैशाख ७ शुक्रबार

नेप्सेमा सामान्य वृद्धि, ६ समूहले कमाउँदा पाँचले गुमाए

kharibot

काडमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नेप्से सामान्य अंकले बढेको छ । नेप्से शून्य दशमलव ९५ अंकले बढेर १२ सय ४९ दशमलव ४९ बिन्दुुमा चढ्दा सेन्सिटिभ पनि शून्य दशमलव २४ अंकले बढेर दुई सय ६८ दशमलव ५७ बिन्दुुमा चढेको छ । 

एक सय ६१ कम्पनीहरुको चार हजार नौ सय २१ वटा कारोबारमा १० लाख ४२ हजार छ सय ४६ कित्ता सेयर खरिद विक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद विक्री हुँदा कारोबार रकम २८ करोड ५२ लाख १४ हजार पाँच सय ७२ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज ११ वटा समूहको कारोबार हुंदा पाँच वटा समूहले गुुमाएकाछन भने छ वटा समूहले कमाएका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक शून्य दशमलव ६१ अंकले घटेर ११ सय २६ दशमलव १५ विन्दुुमा झर्दा निर्जीवन बीमा समूहको सूचक पनि शून्य दशमलव १२ अंकले घटेर पाँच हजार ४४ दशमलव १३ विन्दुुमा झरेका छन् । 

यसैगरी फाइनान्स, उत्पादनमूलक र लघुुवित्त समूहको सूचक पनि घटेका छन् । विकास बैंक समूहको सूचक भने आठ दशमलव ८५ अंकले बढेर १६ सय चार दशमलव १८ बिन्दुुमा चढ्दा जलविद्युुत् समूहको सूचक शून्य दशमलव ९४ अंकले बढेर ११ सय ८९ दशमलव ४८ बिन्दुुमा चढेको छ । यसैगरी होटल, जीवन बीमा, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि बढेका छन् । 

आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको महुुली समुुदायिक लघुुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य नौ रुपैयाँ ९० पैसाले बढेर नौ सय ६६ रुपैयाँमा कारोबार भएको छ भने गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको मल्टीपर्पोस फाइनान्सको प्र्रतिकित्ता सेयर मूल्य आठ रुपैयाँ २७ पैसाले घटेर एक सय २२ रुपैयाँमा कारोबार भएको छ । 

यसैगरी बढी रकम कारोबारका आधारमा पहिलो स्थानमा परेको नागरिक लगानी कोषको प्रतिकित्ता २४ सय ३५ रुपैयाँ अन्तिम मूल्यमा दुुई करोड ५३ लाख सात हजार तीन सय ३० रुपैयाँमा कारोबार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै