• २०८१ बैशाख १३ बिहीबार

विकासका लागि अहिले उपयुक्त समय : प्रधानमन्त्री ओली

kharibot

काठमाडौ । प्रधान मन्त्री केपी शर्मा ओलीले नेपालको विकासका लागि अहिले उपयुक्त समय भएको बताएका छन् । राष्ट्रिय युवा परिषदले आयोजना गरेको संघीय नमुना युवा संसदको बैठकलाई आज सम्बोधन गर्दै प्रधान मन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले विगतका शासकका कमजोरी र निजी स्वार्थले नेपालको विकास हुन नसकेको उल्लेख गरेका छन् । “विगतका शासकहरुको अदुरदर्शीता र निजी स्वार्थका कारणले देशको विकास हुन सकेन तर अब त्यो अवस्था छैन ” प्रधानमन्त्री ओलीले भने, “अहिले आफ्नो लागि भन्दा देशको स्वार्थलाई माथि राख्नेहरु सरकारमा छन् । त्यसकारण नेपालको विकास गर्न समस्या छैन ।

प्रधानमन्त्री ओलीले देशमा अहिले कामगर्न सक्ने जनसंख्याको बाहुल्यत भएकोले पनि देश विकासका लागि अनुकुल समय भएको बताए। “हामीसँग यतिबेला युवा जनसंख्या ४० प्रतिशत र कामगर्न सक्ने जनसंख्या ६० प्रतिशत छ ” प्रधानमन्त्री ओलीले भने, “जनसंखिक लाभको यो अवसरलाई हामीले सदुपयोग गरेर देश विकास गर्न सक्दछौं । 

प्रधानमन्त्री ओलीले आफूले २०४० सालतिर जेलमा छँदा खर्पन भन्ने कविता लेखेको स्मरण गर्दै देश विकासका लागि आफू सबै जनतालाई खर्पनमा बोकेर हिड्न तयार भएको उल्लेख गरे । “देशको विकासका लागि म युवालाई, बालबालिकालाई, ज्येष्ठ नागरिकलाई दुवैतिर खर्पनमा बोकेर हिड्न तयार छु ” प्रधानमन्त्री ओलीले भने । 

प्रधानमन्त्री ओलीले नमुना युवा सांसदले युवाहरुमा देश कसरी सञ्चालन गर्ने, विकास कसरी गर्ने त्यसका सैद्धान्तिक तरिकाहरु के कस्ता हुन्छन् भन्ने कुरा जानकारी दिने बताए । “उहिले हाम्रा पालामा सरकारले तँ राजनीति गर्ने, मन्त्रीहुने भन्दै जेलमा लगेर कुट्थ्यो ”

प्रधानमन्त्री ओलीले भने,“अहिले सरकारले बोलाएरै तपाईंहरुलाई राजनीति गर्न सिकाइरहेको छ । यो सिकाइलाई समाज सुधार संग तपाईंहरुले जोड्नुहुन्छ भन्ने अपेक्षा छ । ”
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै