• २०८१ बैशाख १३ बिहीबार

५० ओभर बराबर, सुपर ओभर बराबर, कसरी बन्यो इङल्याण्ड विजेता ?

kharibot

काठमाडौँ । इङल्याण्डले पहिलो पटक विश्वकप क्रिकेटको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा इङल्याण्डले रोमान्चक खेलमा न्युजील्याण्डमाथि जित हासिल गर्दै पहिलो पटक विश्वकपको उपाधि जितेको हो ।

तर फाइनल खेलको उपाधि विजेताको निर्णय भने निकै रोमान्चक बनेको थियो । न्युजील्याण्डले दिएको २४२ रनको लक्ष्य पछाएको इङल्याण्ड २४१ रन बनाउदा अल आउट भएपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा इङल्याण्डले १५ रन बनाउदै न्युजील्याण्डलाई १६ रनको लक्ष्य दियो । इङल्याण्डका लागि बेन स्टोकले ८ रन बनाए भने जस बटलरले ७ रन बनाए । तर सुपर ओभरमा पनि न्युजील्याण्डले १५ रन बनाएर खेल फेरी बराबरी भयो । सुपर ओभरमा न्युजील्याण्डका लागि जिम्मी निशामले १३ रन बनाए भने मार्टिन गप्टिलले केबल एक रन बनाए । त्यस्तै न्युजील्याण्डले एक रन वाइडको रुपमा पायो ।    

यसपछि आइसीसीको नियम अनुसार खेलमा बढी बाउन्ड्री प्रहार गरेको टिम इङल्याण्डलाई विजेता घोषित गरिएको थियो । इङल्याण्डले कुल २६ बाउन्ड्री (२४ चौका र २ छक्का) प्रहार गरेको थियो भने न्युजील्याण्डले १७ बाउन्ड्री (१६ चौका र एक छक्का) प्रहार गरेको थियो ।

विश्वकपको इतिहासमा पहिलो पटक फाइनल खेलको निर्णय बाउन्ड्री अर्थात चौका-छक्काबाट भएको हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै