• २०८१ बैशाख ७ शुक्रबार

बार्सिलोनामा च्याम्पियन्स लिग जित्न चाहन्छु – ग्रीजम्यान 

kharibot

काठमाडौँ । एन्टोनी ग्रीजम्यानले बार्सिलोनामा १७ नम्बरको जर्सी लगाउने भएका छन् । गएराती बार्सिलोनाको घरेलु मैदानमा ग्रीजम्यानको अफिसियल स्वागत गरिएको थियो । बार्सिलोनासँग औपचारिक सम्झौता गर्दै ग्रीजम्यानलाई बार्सिलोनामा स्वागत गरिएको हो ।

लामो समयसम्म एथलेटिको म्याड्रिडसँगको विवादपछि अनन्त ग्रीजम्यान बार्सिलोना आएका हुन् । १०८ मिलियन पाउण्डमा बार्सिलोना आएका ग्रीजम्यानले बार्सिलोनासँग ५ बर्षको सम्झौता गरेका छन् ।

ग्रीजम्यानले बार्सिलोना आएपछि आफु पहिलो पटक च्याम्पियन्स लिग जित्न उत्सुक रहेको प्रतिक्रिया दिएका छन् ।

ग्रीजम्यानले भने, ‘यो नयाँ चुनौती हो, म जहिले पन आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्किन चाहन्छु । म यँहा ला लिगा, कोपा डेल रे र च्याम्पियन्स लिग जित्न चाहन्छु ।’
उनले आफ्नो सिभिमा च्याम्पियन्स लिग मिसिंग रहेकोले त्यो जित्न चाहेको समेत बताए ।

लियोनेल मेसीसँग खेल्न लागेको बारे प्रतिक्रिया दिदै ग्रीजम्यानले सबै फुटबलरको मेसीसँग खेल्ने चाहना हुने भन्दै मेसीसँग खेल्न पाउदा आफु निकै खुसी रहेको बताए ।
बार्सिलोनासँग ग्रीजम्यानले ७१७ मिलियन पाउण्डको रिलिज क्लजमा समेत हस्ताक्षर गरेका छन् ।

सन् २०१४ मा रियल सोसियडाडबाट एथलेटिको गएका ग्रीजम्यानले २५७ खेलमा १३३ गोल गरेका थिए । उनले एथलेटिकोलाई सन् २०१७-१८ को युरोप लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै