• २०८१ बैशाख ११ मंगलबार

ऋतिक र टाइगरको फिल्मको नाम जुर्यो, यस्तो छ टिजर

kharibot

मुम्बई । बलिवुडका दुई अभिनेता ऋतिक रोशन र टाइगर सराफको फिल्मको नाम 'वार' राखिएको छ । यशराज फिल्म्सले फिल्मको अफिसियल टिजर सार्वजनिक गर्दै फिल्मको नाम 'वार' राखेको घोषणा गरेको छ ।

नामबाटै एक्सन फिल्म रहेको अनुमान गर्न सकिने यस फिल्ममा ऋतिक रोशन र टाइगर सराफ को भरपुर एक्सन हुने सजिलै अनुमान गर्न सकिन्छ ।

बलिवुडमा एक्सन स्टारको छबि बनाएका टाइगर सराफ र धुम सिरिज, अग्निपथ, ब्यांग ब्यांग जस्ता फिल्ममा उत्कृष्ट एक्सन गरेका ऋतिकबीचको यो 'वार' निकै रोमान्चक हुने देखिन्छ ।

फिल्ममा अभिनेत्री वाणी कपुर ऋतिक रोशनको अपोजिट रहेकी छन् । यशराज फिल्म्सले निर्माण गरेको यस फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका छन् । फिल्म हिन्दीसहित तामिल र तलेगुमा समेत रिलिज गरिने बताइएको छ ।

फिल्मलाई गान्धी जयन्तीको अवसरमा आगामी अक्टोबर २ मा रिलिज गरिने भएको छ ।
                         
वारको अफिसियल टिजर :  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै