जलवायु परिवर्तनको नकारात्मक असर नेपालमा : प्रधानमन्त्री ओली

खरीबोट

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा जलवायु परिवर्तनको नकारात्मक असर परेको बताएका छन् । ग्रीनहाउस ग्यास उत्र्सजनमा नेपालको भूमिका नगण्य भए पनि नेपालले यसको असर खेपिरहनु परेको प्रधानमन्त्री ओलीको भनाइ छ ।  

वन तथा वातावरण मन्त्रालयको आयोजनामा राजधानीमा आयोजित जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीको आज उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका छन् ।

“नेपालको भू बनावटका कारण  संसारभरका मानिस रुचिपूर्वक प्राकृतिक सुन्दरताको अवलोकन गर्न मात्र होइन अनुसन्धान गर्न पनि यहाँ आउने गरेका छन् ” प्रधानमन्त्री ओलीले भने । 

प्रधानमन्त्री ओलीले विश्वस्तरमा बढ्दो तापक्रम, ग्लेसियरको तह पातलो हुँदै गएको अवस्था र अस्वभाविक वर्षाका कारण जनजीवनमा गम्भीर र नकारात्मक असर परिरहेको बताए । “जलवायु परिवर्तनकै कारण वालीनाली प्रभावित भएका छन, आवास तथा संरचनाको क्षति भइरहेको छ ” प्रधानमन्त्री ओलीले भने, “यी सबै कारणहरुले अर्थतन्त्रमा ठूलो घाटा भइरहेको छ ।” 

“हाम्रा सामु जलवायु परिवर्तका असर र चुनौतिहरुको सामना गर्न जनतालाई बढी सशक्त बनाउने र त्यस्ता असरहरुलाई सम्बोधन गर्न तयार रहने बाहेका उपाय छैनन् ” प्रधानमन्त्री ओलीले भने,“हाम्रो संविधानको धारा ३० ले स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको आधारभूत अधिकारलाई सुनिश्चित गरेको छ । यो धाराको पूर्ण कार्यन्वयन गर्न सरकार प्रतिवद्ध छ ।” 

सरकारले हरेक वर्ष प्राकृतिक प्रकोपलाई व्यवस्थापन गर्न ठूलो परिमाणमा स्रोतको व्यवस्था गर्ने गरेको प्रधानमन्त्री ओलीको भनाइ छ ।   

प्रधानमन्त्री ओलीले आगामी मार्च महिनामा नेपाल सरकारको आयोजनामा सगरमाथा सम्वादको आयोजना गर्न लागिएको जानकारी दिएका छन् । “त्यो अन्तर्राष्ट्रिय मञ्चमा मानव जातिका समकालीन विषयवस्तुउपर गम्भीर विमर्शका लागि विश्वका नेता, वैचारिक नेता र सरोकारवालाहरुको जमघट हुनेछ ” प्रधानमन्त्री ओलीले भने,“ आउँदो पहिलो सम्वादको विषय जलवायु परिवर्तन नै हुनेछ  ।”
 

सम्बन्धित समाचार

प्रधानमन्त्री ओली र जयशंकर भेटवार्ता : पारस्परिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता

काठमाडौँ । नेपाल र भारतका उच्च राजनीतिक नेतृत्वले दुईदेशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता पुनः व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले आपसी सम्बन्धलाई

प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आएका जयशंकरले बुधबार दिउँसो प्रधानमन्त्री ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा

संबिधान राष्ट्रिय आकांक्षा हासिल गर्ने दस्तावेज हो – प्रधानमन्त्री ओली 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्ने दस्तावेज भएको बताएका छन् ।  संविधान दिवस-राष्ट्रिय दिवश मूल समारोह समितिको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजक लागि सर्वदलीय बैठक आह्वान गरेका छन् ।  ओलीले प्रधानमन्त्रीमा निर्वाचित भएपछि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक पहिलोपटक आह्वान गरेका हुन् । बैठक साँझ पाँच बजे


z