• २०८१ बैशाख १२ बुधबार

उत्तरी अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट, दुई बालबालिकाको मृत्यु

kharibot

अफगानिस्तान । उत्तरी अफगानिस्तानको बाल्ख प्रान्तमा बारुदी सुरुङ बिस्फोट हुँदा दुई बालबालिकाको ज्यान गएको सैनिक स्रोतले जनाएको छ ।

सेनाका प्रवक्ता हनिफ रेजाईले चहर बोलाक जिल्लाको खानाबादमा बेबारिसे बारुदी सुरुङ छुनेक्रममा बिस्फोट हुँदा दुबै बालबालिकाको मृत्यु भएको जानकारी दिए ।

सेनाले उक्त बारुदी सुरुङ शान्तिका दुश्मन तालिबान विद्रोहीले बिछ्याएको पनि दाबी गरेको छ ।

तालिबान विद्रोहीहरुले सुरक्षा फौजलाई लक्षित गरी सडकहरुमा बम र बारुदी सुरुङ बिछ्याउने गरेका छन् । यस्ता बेबारिसे बारुदी सुरुङमा परेर बर्सेनि धेरै अबोध बालबालिकाको ज्यान जाने गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै