• २०८१ बैशाख ११ मंगलबार

सिचाईका इन्जिनियर घुससहित पक्राउ

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलश्रोत तथा सिंचाइ विकास डिभिजन भोजपुरका इन्जिनियर घुससहित रंगे हात पक्राउ परेका छन् ।

अख्तियारले जलश्रोत तथा सिंचाइ विकास डिभिजन भोजपुरका सिडिई मोहन बाबु यादवले षडानन्द नगरपालिका वार्ड नं. १३ बोयामा रहेको छाँगे खोला सिंचाइ कार्यक्रमको रनिङ विल पास गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग एक लाख ८० हजार घुससहित पक्रुआ गरेको हो ।

अख्तियारले यादवलाई घुस रकमसहित भोजपुर नगरपालिका वार्ड नं. ७ मा रहेकी फुपू भदैनी होटलबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै