• २०८१ बैशाख ८ शनिबार

अन्तत: नेइमार पिएसजीसँग प्रशिक्षणमा, बार्सिलोना जाने हल्ला कायमै  

kharibot

काठमाडौँ । ब्राजिलका फुटबलर नेइमार अन्तत: पिएसजीको प्रशिक्षणमा फर्किएका छन् ।

फ्रेन्च मिडियाका अनुसार नेइमारले सोमबारदेखि पिएसजीको प्रशिक्षणमा सहभागी भएका हुन् । आफ्नो पुर्व क्लब बार्सिलोना फर्किने हल्लाका बीच नेइमार पेरिस फर्किएका हुन् ।

यस अघि पिएसजी र नेइमारबीच विवाद भएको र नेइमार पिएसजीको प्रशिक्षणमा नफर्किने बताइएको थियो । तर पिएसजीले यहि विवादका बीच एक विज्ञप्ति जारी गर्दै नेइमार प्रशिक्षणमा नआए अनुशासनको कारवाही गर्ने धम्की दिएको थियो ।

नेइमार यसै सिजनमा बार्सिलोना फर्किने चर्चा अहिले पनि जारी रहेको छ । बार्सिलोनाले फिलिप कोटिन्होलाई दिएर नेइमार भित्त्र्याउने तयारी गरेको स्पेनिस मिडियाले बताएका छन् । यसैबीच बार्सिलोनाले फ्रेन्च खेलाडी एन्टोनी ग्रीजम्यानलाई भित्र्याएपछि अब नेइमार भित्र्याउने सम्भावना नरेहेको मिडिया रिपोर्ट पनि आएका छन् ।

२०१७ मा रेकर्ड २५० मिलियन डलरमा पिएसजी आएका नेइमार सुरु देखि नै पिएसजीसँग विवादमा रहेको बताइएको छ । नेइमारको व्यबहारले पिएसजीका अध्यक्षले समेत केहि समय अघि एक अन्तर्वार्ताका क्रममा नेइमारप्रति इंगित गर्दै क्लबको इज्जत नगर्ने खेलाडीलाई क्लबमा नराख्ने घोषणा गरेका थिए ।

अब नेइमार पिएसजीको प्रशिक्षणमा फर्किएको भएपनि नेइमार बारे पिएसजी र बार्सिलोनाबीच यसै साता फाइनल कुरा हुने बताइएको छ ।                                            
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै