• २०८१ बैशाख ५ बुधबार

एम्पायरले गलत निर्णय दिए, ६ होइन ५ रन दिनुपर्थ्यो – पुर्व एम्पाएर टफेल

kharibot

काठमाडौँ । विश्वकप क्रिकेटको फाइनल बारे अनेकौ चर्चा भइरहेका छन् । यस फाइनललाई क्रिकेट खेलकै इतिहासमा अहिलेसम्मको रोमान्चक भनिएको छ ।

तर आइसीसीका उत्कृष्ट एम्पायर मध्ये एक मानिएका पुर्व एम्पाएर साइमन टोफेलले भने फाइनलमा गरिएको एम्पायरिङमा प्रश्न उठाएका छन् । टोफेलमा फाइनलको अन्तिम ओभरको चौथो बलमा इङल्याण्डलाई ६ रन दिनु गलत निर्णय भएको बताएका छन् ।

आइसीसीका ५ बर्ष उत्कृष्ट एम्पाएर बनेका टफेलले न्युजील्याण्डका मार्टिन गप्टिलको थ्रोमा इङल्याण्डलाई ६ रन दिने निर्णय गलत भएको बताएका छन् ।

टफेल त्यो बलमा इङल्याण्डलाई आइसीसीको नियम अनुसार ६ होइन ५ रन दिनुपर्ने थियो भनेका छन् ।

के भएको थियो अन्तिम ओभरमा ?

खेलको अन्तिम ओभरमा इङल्याण्डको जितको लागि १५ रनको आवश्यकता थियो । क्रिजमा बेन स्टोक र आदील राशिद थिए । न्युजील्याण्डको अन्तिम ओभर ट्रेन्ट बोल्टले बलिङ गर्दै थिए । शुरुका दुई ओभरमा स्टोकले कुनै रन बनाएनन् । उनले एक रन लिन अश्विकार गरेका थिए । ओभरको तेस्रो बलमा स्टोकले मिडविकेटमा छक्का प्रहार गरे । यसपछि इङल्याण्डलाई जितको लागि ३ बलमा ९ रनको आवश्यकता भयो ।

ओभरको चौथो बलमा ड्रमा नै भयो, जसले खेलको सबै अंक गणित नै बिगारिदियो । शायद त्यो ओभरमा यस्तो घटना नभएको भए विश्वकपको विजेता इङल्याण्ड होइन न्युजील्याण्ड हुने थियो । यो अनुमानको कुरा भयो । बोल्टको बल स्टोकले मिड विकेट बाउन्ड्री तर्फ हाने र त्यँहा रहेका फिल्डर मार्टिन गप्टिलले बल सिधै थ्रो गरे । तर दुई रन बटुल्न दौडी रहेका स्टोक जम्प गरेर क्रिजमा पुग्ने प्रयास गर्दै गर्दा गप्टिलले फालेको बल स्टोकको ब्याटमा लाग्न पुग्यो र बल सिधै बाउन्ड्री पार गर्यो । यसरी यो बलमा इङल्याण्डले चौका र दुई रन गरी कुल ६ रन पायो ।

यसरी चौथो बलपछि इङल्याण्डलाई जितको लागि २ बलमा ३ रनको जरुरी भयो । तर खेलको ड्रामा अझै रोकिएन । पाँचौ बलमा आदील राशिद दुई रन लिने क्रममा रनआउट हुन पुगे । अब अन्तिम बलमा जितका लागि २ रन आवश्यक भएको बेला दुई रन लिने क्रममा फेरी मार्ट वुड रन आउट हुन पुगे र खेल बराबरीमा सकियो । यसरी विश्वकप फाइनल खेलले अन्तिम ओभरमा नाटकीय मोड लिएको थियो ।

के छ आइसीसीको नियममा ?    

आइसीसीको नियम १९.८ अनुसार अहिले यस विषयमा निकै बहस भइरहेको छ । आइसीसीको १९.८ नियम अनुसार यदि बल ओभरथ्रो भएर बाउन्ड्रीमा गएमा ओभरथ्रो भन्दा अगाडी लिइएको रनलाई जोडेर रन दिनु पर्ने छ । तर यसरी ओभरटथ्रो गर्दा फिल्डरको एक्सन अगाडी रनका लागि दौडिने ब्याट्सम्यानले एक अर्कालाई क्रस गरिसकेको हुनुपर्ने छ । तर यस विवादमा गप्टिलले बल थ्रो फालेको बेला इङल्याण्डका ब्याट्सम्यान बेन स्टोक र आदील राशिद एक अर्कालाई क्रस नगरेको टेलिभिजन फुटेजमा देखिएको छ ।

नियमत: ५ रन दिनुपर्नेमा एम्पायरले ६ रन दिएर गल्ति गरेको साइमन टफेलले बताएका छन् । टफेलको यो धारणापछि यो विवाद फेरी बढ्ने देखिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै