• २०८१ बैशाख ७ शुक्रबार

बाराका स्वास्थ्य केन्द्रमा औषधीको अभाव : डाक्टर भन्छन, 'जीवनजल पनि छैन्'

kharibot

बारा । बाराको एक जिल्ला अस्पताल ६ प्राथमिक स्वास्थ्य केन्द्र , ९८ हेल्थपोष्ट र बडाहरुमा रहेका दर्जनौं स्वास्थ्य केन्द्रहरुमा राज्यले निःशुल्क उपलव्ध गराएको औषधी नभए पछि यहाँ उपचार गराउँन आएका सेवा ग्राहीहरुले जिवनजल समेत पाउँन सकेका छैनन । 

समाजका निम्न वर्ग, गरीब, मजदुर, किसानहरुको उपस्थिीती हुने उक्त स्वास्थ्य संस्थाहरुमा निःशुल्क औषधीको अभाव भएपछि निजी क्लिनिकहरुबाट महगों मूल्यमा औषधी किन्न बाध्य भएका छन् ।

सबै तहमा औषधी पु¥याउँन सुगम रहे पनि जिल्लाका १६ वटै स्थानीय तहमा समयमा स्वास्थ्य केन्द्रलाई औषधी उपलवध गराउँन नसक्दा सेवाग्राहीहरुले निजी क्लिनिकहरुबाट महगोंमा औषधी किन्न बाध्य भएका हुन् ।

औषधीको अभाव भए पछि सेवाग्राहीहरु समस्यामा परेको स्वास्थ्य केन्द्र सिमराका डा.प्रमा रश्मिले जानकारी दिदै उनले राज्ले निःशुल्क उपलव्ध गराउँने भनिएका औषधीहरु मध्ये आँफुहरुसँग १६ प्रकारको औषधीहरु मात्र उपलव्ध रहेको थप औषधीको लागी पटक पटक ताकेता गर्दा पनि नआएको बताईन् ।

निःशुल्क उपलव्ध गराइँने भनिएका औषधीहरु मध्ये सँधै आवश्यक पर्ने जीवन जल समेत बिरामीलाई दिन नसकेको डा.रश्मिले बताईन् । उपमहानगरपालिकाले समय मै औषधी उपलव्ध गराउँन नसके कै कारण अभाव भएको उनको भनाई छ । यस केन्द्रमा अनिवार्य हुनु पर्ने ३५ वटा औषधीहरु मध्ये ५० प्रतिशत भन्दा बढि औषधीको अभाव देखिएको छ ।

राज्यले ७० प्रकारका औषधीहरु निःशुल्क बितरण गर्ने गरे पनि स्वास्थ्य केन्द्रहरु स्थानीय तह अन्तरर्गत आए पछि पछिल्लो डेढ वर्ष यता जिल्लाका स्बास्थ्य संस्थाहरुले यो पिडा भोग्दै आएको छ ।

हाल जिल्लाका स्वास्थ्य केन्द्रमा गर्मी याममा धेरै आउँने लुतो, चिलाउँने, झाडापखाला, रुघाखाकी, कमजोरी लगायतका बिरामीहरु दैनीक सय भन्दा बढी विरामी आउँने गरेको तर, उनिहरुलाई दिने औषधीहरु समेत सबै केन्द्रमा अभाव रहेको छ ।

स्थानीय तह भएसँगै स्वास्थ्य संस्थामा सुधार हुने अपेक्षा लिएका स्थानीयहरुलाई सेवा लिन जाँदा आवश्यक औषधी समेत नपाए पछि चिन्ता बढ्दै गएको छ । हाल राज्यले निःशुल्क दिने भनिएको मध्ये जिल्ला भरका केन्द्रमा ५० प्रतिशत औषधी समेत नभएको जिल्ला जनस्वास्थ्य केन्द्रले जनाएको छ ।

स्थानीय तहका प्रमुख उपप्रमुखहरुको स्वास्थ्य क्षेत्रमा भन्दा पनि सभा समारोह र बचेको समय बाटो निर्माणमा जुटेको पाईए पछि जिल्ला भर बिगत डेढ वर्ष यता औषधी अभाव बनेको हो ।

जिल्लाका स्वास्थ्य केन्द्रहरुले औषधी माँग गर्दा पनि कतिपय तहमा औषधी खरीद प्रकृयामा समेत नगएको र कतिपय तहमा स्वास्थ्य संयोजक नरहेको र स्थानीय तहका प्रमुखहरुको भुमिका फित्तलो भई औषधी जरुरी कार्य नठान्दा औषधीको जिल्लाका १६ वटै स्थानीय तहमा चरम अभाव बनेको हो ।

पछिल्लो समय स्वास्थ्य प्रती जनचेतना बढ्दै जाँदा जिल्लाको भित्री गाउँहरुमा पनि सामान्य समस्या पनि स्वास्थ्य केन्द्रमा जाने र उपचार गराउँने प्रचलन गाउँ गाउँमा बढेको छ ।

स्थानीय सरकारले स्वास्थ्य संस्थाको पुर्वाधारं निर्माणमा चाँसो नराखेको र तीन महिनामा एक पटक आउँने ओषधी बिमारीको चापका कारण १५ दिन लाई पनि नपुग्ने गरेको डाक्टर अनुश थाले बताए ।

कतिपय जिल्लाका स्थानीय तहहरुमा केन्द्रबाट आउँने क्षयरोय , कुष्टरोग लगायतका औषधीहरु स्वास्थ्य केन्द्रमा नपठाई थन्किाएको अवस्थामा रहेको पाईएको छ ।

यता आँफुहरुरुसँग सबै औषधीहरु भए पनि रुम व्यवस्थापन हुँन नसक्दा समय मैं स्वास्थ्य केन्द्र सम्म पु¥याउँन नसकेको जीतपुरसिमरा उपमहानगरपालिकाका स्वास्थ्य संयोजक बाबुलाल सहनिको भनाई छ ।

उनले हरेक तीन÷तीन महिनामा सेवा केन्द्रहरुमा औषधी पठाउँदै आएको बताउँदै औषधीको अभाव नभएको तर , औषधी राख्ने गोदामको व्यवथापन गर्न नसक्दा केहि ठाउँमा अभाव देखिएको जानकारी दिए ।

एक स्थानीय भने औषधी पाउँने आशमा दिन भर केन्द्रमा भौतारीदै ओषधी नपाएको गुनासो पटक गरे ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै