• २०८१ बैशाख ४ मंगलबार

काठमाडौँ महानगरका नासु घुससहित रंगेहात पक्राउ

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका, समाजिक विकास विभाग, ववरमहलका नायव सुब्बालाई घुससहित पक्राउ गरेको छ ।

अख्तियारले महानगरका नासु कृष्ण प्रसाद सोतीले सेवाग्राहीसँग एक लाख ७ हजार घुस रकमसहित पक्राउ गरेको जानकारी दिएको छ ।

अख्तियारले सामाजिक विकास विभाग मार्फत कायान्वयनमा आएको रकमको कार्य सम्पादन गरी रकम भुक्तानी गरे वापत नासु सोतीले सेवाग्राहीसँग एक लाख ७ हजार घुस रकमसहित निजकै कार्यलय परिसर बरमहलबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै